बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा मृत्युदण्ड पाएकी शबनमले बारम्बार चुमिन् छोराको अनुहार, अँगालोमा बाँधेर धेरै बेर रोइन्

बिहीबार, ०६ फागुन २०७७, ११ : ५६
बिहीबार, ०६ फागुन २०७७

प्रेमीसँग मिलेर आफ्नै परिवारका सात सदस्यको हत्या गर्ने शवनमको अपराधका बाबजुद बुलंदशहरको एक दम्पत्तिले उनका छोरालाई अपनाएका छन् । जेलमा जन्मिएका शबनमका यी छोराको अब यो दम्पत्तिले हेरविचार गरिरहेको छ । उनको छोरा हाल ६ कक्षामा पढिरहेका छन् । बच्चाले ती दम्पत्तिलाई सानो मम्मी, पापा भन्छन् ।

शबनमले बच्चालाई बारम्बार सम्झाइरहेकी थिइन्ः

सन् २००८ डिसेम्बर १३ मा मुरादाबादको जेलमा एक छोरा जन्माएकी थिइन् । दैनिक जागरणमा छापिएको खबर अनुसार केही दिन अघि बालकलाई पालिरहेका दम्पत्तिले उनलाई रामपुल जेलमा कैद शबनमलाई भेटाउन लगेका थिए । स्रोतका अनुसार जब आमाले छोरालाई देखिन् तर उनी भक्कानो परेर रुन थालिन् र धेरै बेरसम्म शबनमले छोरालाई अँगालोमा बाँधेर रुन थालिन् । शबनमले छोरालाई बारम्बार राम्रोसँग पढेर राम्रो मान्छे बन भनेर सम्झाइरहेकी थिइन् । उनले छोरालाई ‘म नराम्रो आमा हुँ, मलाई कहिले पनि याद नगर’ भनिन् ।


बच्चाले सोधे प्रश्नः

दम्पत्तिले भने, ‘सायद उनलाई आफ्नो मृत्यु नजिकै आउन लागेको महसुस भयो । जेलबाट फर्किएपछि बच्चाले हामीलाई ‘ठूलो मम्मी किन रोइरहेकी थिइन्, मलाई बारम्बार किन चुमिरहेकी थिइन्, राम्रोसँग लेखपढ गरेर राम्रो मानिस बन्न भनिरहेकी थिइन्’ भनेर प्रश्न सोधिरहेका थिए । मिति निश्चित भएपछि हामी बच्चालाई अन्तिम पटक उनकी आमालाई भेट्न लानेछौं ।’

२०१५ मा बुलन्दशहरको दम्पत्तिलाई सुम्पिएको थियो बच्चाः

शबनमका छोरा ६ वर्ष ७ महिना र २१ दिन आमासँग जेलमा बसेका थिए । बाल कल्याण समितिले बच्चाको राम्रो लालनपालनका लागि ३० जुलाई २०१५ मा उनलाई बुलंदशहरको यी दम्पत्तिलाई सुम्पिएका थिए । त्यतिबेला देखि बच्चा परिवारकै हिस्सा हुन् ।

सातजनालाई बञ्चरोले हानेर हत्या गरेकी थिइन्ः

शबनम यूपीको अमरोहा जिल्लाको बावनखेडी गाउँमा बस्छिन् । उनले आफ्ना प्रेमी सलिमसँग मिलेर आमा–बुवासहित सात जनालाई बञ्चरोले काटेर हत्या गरेकी थिइन् । यो घटना १४ र १५ अप्रिल २००८ को राती भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप