भारतमा मृत्युदण्ड पाएकी शबनमले बारम्बार चुमिन् छोराको अनुहार, अँगालोमा बाँधेर धेरै बेर रोइन्
प्रेमीसँग मिलेर आफ्नै परिवारका सात सदस्यको हत्या गर्ने शवनमको अपराधका बाबजुद बुलंदशहरको एक दम्पत्तिले उनका छोरालाई अपनाएका छन् । जेलमा जन्मिएका शबनमका यी छोराको अब यो दम्पत्तिले हेरविचार गरिरहेको छ । उनको छोरा हाल ६ कक्षामा पढिरहेका छन् । बच्चाले ती दम्पत्तिलाई सानो मम्मी, पापा भन्छन् ।
शबनमले बच्चालाई बारम्बार सम्झाइरहेकी थिइन्ः
सन् २००८ डिसेम्बर १३ मा मुरादाबादको जेलमा एक छोरा जन्माएकी थिइन् । दैनिक जागरणमा छापिएको खबर अनुसार केही दिन अघि बालकलाई पालिरहेका दम्पत्तिले उनलाई रामपुल जेलमा कैद शबनमलाई भेटाउन लगेका थिए । स्रोतका अनुसार जब आमाले छोरालाई देखिन् तर उनी भक्कानो परेर रुन थालिन् र धेरै बेरसम्म शबनमले छोरालाई अँगालोमा बाँधेर रुन थालिन् । शबनमले छोरालाई बारम्बार राम्रोसँग पढेर राम्रो मान्छे बन भनेर सम्झाइरहेकी थिइन् । उनले छोरालाई ‘म नराम्रो आमा हुँ, मलाई कहिले पनि याद नगर’ भनिन् ।
बच्चाले सोधे प्रश्नः
दम्पत्तिले भने, ‘सायद उनलाई आफ्नो मृत्यु नजिकै आउन लागेको महसुस भयो । जेलबाट फर्किएपछि बच्चाले हामीलाई ‘ठूलो मम्मी किन रोइरहेकी थिइन्, मलाई बारम्बार किन चुमिरहेकी थिइन्, राम्रोसँग लेखपढ गरेर राम्रो मानिस बन्न भनिरहेकी थिइन्’ भनेर प्रश्न सोधिरहेका थिए । मिति निश्चित भएपछि हामी बच्चालाई अन्तिम पटक उनकी आमालाई भेट्न लानेछौं ।’
२०१५ मा बुलन्दशहरको दम्पत्तिलाई सुम्पिएको थियो बच्चाः
शबनमका छोरा ६ वर्ष ७ महिना र २१ दिन आमासँग जेलमा बसेका थिए । बाल कल्याण समितिले बच्चाको राम्रो लालनपालनका लागि ३० जुलाई २०१५ मा उनलाई बुलंदशहरको यी दम्पत्तिलाई सुम्पिएका थिए । त्यतिबेला देखि बच्चा परिवारकै हिस्सा हुन् ।
सातजनालाई बञ्चरोले हानेर हत्या गरेकी थिइन्ः
शबनम यूपीको अमरोहा जिल्लाको बावनखेडी गाउँमा बस्छिन् । उनले आफ्ना प्रेमी सलिमसँग मिलेर आमा–बुवासहित सात जनालाई बञ्चरोले काटेर हत्या गरेकी थिइन् । यो घटना १४ र १५ अप्रिल २००८ को राती भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
