आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

सभामुखको रिट न्यायाधीश ढुंगानाको बेञ्चमा

आइतबार, २५ माघ २०७७, ११ : ०१
आइतबार, २५ माघ २०७७

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्चमा दर्ता गराएको रिटको सुनुवाइ न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलाशमा हुने भएको छ । 

शुक्रबार सभामुख सापकोटाले संवैधानिक निकायमा गरिएको नियुक्तिबिरुद्ध राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली सहित ३९ जनालाई विपक्षी बनाएर रिट दर्ता गराएका थिए । 

न्यायाधीश ढुंगानाको चार नम्बर इजलासमा ‘ग’ नम्बरमा रिटको पेशी राखिएको छ । 

सभामुखको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, रमण श्रेष्ठ र अधिवक्ता टिकाराम भट्टराईलगायतले बहस गर्दैछन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप