सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

के छ सभामुख सापकोटाको १९ पृष्ठ लामो रिटमा ? (पूर्ण पाठसहित)

शुक्रबार, २३ माघ २०७७, २३ : २८
शुक्रबार, २३ माघ २०७७

काठमाडौं । सभामुख अग्नि सापकोटाले संवैधानिक परिषदको सिफारिसमा सरकारले विभिन्न आयोगहरुमा गरेको नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् । १९ पृष्ठ लामो निवेदनमा निवेदकले नियुक्ति तथा सिफारिसविरुद्ध उत्प्रेषण, परमादेश, उपयुक्त आदेश जारी गर्न माग गरेका छन् । रिटमा राष्ट्रपतिको कार्यालय शीतलनिवास, प्रधानमन्त्री ओली तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवार राष्ट्रिय सभाका अध्यष गणेश तिमिल्सिना लगायत ३९ जनलाई विपक्षी बनाइएको छ ।

‘गैरसंवैधानिक र गैरकानुनी रुपमा नियुक्ति भएका तपशिलमा उल्लेख भएका पदाधिकारीहरुबाट हुने निर्णय तथा कार्यले मुलुक र जनता, राष्ट्रकै हकअधिकारबारेमा प्रतिकुल असर पर्ने समेत भएकाले निजहरुलाई आफु नियुक्त भएको पदको हैसियतले कुनै निर्णय, कार्य नगर्न नगराउन यथास्थितिमै रहनु भनि सर्वोच्च अदालत नियामवली २०७४ को नियम ४९ (१) बमोजिम अन्तरिम आदेश समेत जारी गरी पाउ’ सापकोटाले निवेदनमा माग गरेका छन् । रिटको सुनुवाइका लागि माघ २५ गते पेशी तोकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप