शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

मांसाहारी आन्दोलन गर्नेलाई जावलाखेलको चिडियाखानामा थुनिनेछ : गृहमन्त्री थापा

शुक्रबार, २३ माघ २०७७, १६ : १८
शुक्रबार, २३ माघ २०७७

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले मांसाहारी आन्दोलन गर्नेहरुलाई जावलाखेलको चिडियाखानामा लगेर थुन्ने चेतावनी दिएका छन् । शुक्रबार ओली पक्षले काठमाडौंमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले प्रचण्ड–माधव पक्षलाई संकेत गर्दै उनीहरुलाई जावलाखेलको चिडियाखानामा थुनिने चेतावनी दिएका हुन् । ‘मांसाहारी आन्दोलन गर्नेहरुलाई जावलाखेलको जुमा थुनिनेछ,’गृहमन्त्री थापाको भनाइ छ ।

उनले नेतृत्वलाई विस्थापित गर्न खोज्दा मुलुकमा अस्थिरता निम्तिएको पनि बताए । ‘अस्थिरता उत्पन्न हुुनुमा राजनीतिक सत्ता जोडिएको छ । ठीक ढंगले बुझेर मात्रै समाना गर्न सक्छौ । मुख्यत राजनीतिक सत्ता र नेतृत्वसँग ३ वटा प्रश्न जोडिएको छ,’ थापाले भने, ‘केन्द्रीय प्रश्न प्रधानमन्त्रीसँग जोडिएको हुन्छ, अध्यक्षसँग र राष्ट्रपतिसँग जोडिएको हुन्छ । तीनटै नेतृत्व अपदस्त गर्ने कुरालाई बुझेनौँ भने असाधारण स्थितिलाई समाधान गर्न सक्दैनौँ । पार्टी अध्यक्षलाई अपदस्त गर्ने कुरासँग अस्थिरता जोडिएको छ । दुई तिहाइबहमुतको सरकारलाई विस्तथापित र राष्ट्रपतिको मानमर्दन गर्ने कुरासँग जोडिएको छ ।’ 

उनले देशलाई प्रतिगमनतिर लगेकाले नारायणहीटी अगाडि जनसभा गरेर गणतन्त्रको रक्षा गर्न खोजेको प्रस्ट्याए । उनले गुट र फुटवादीहरुलाई सचेत हुन पनि सुझाव दिए ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप