‘नक्क्ली सिसाका टुक्राहरु फुटेर गए हिरा र सुन यता’
काठमाडौं । नेकपा ओली पक्षका नेता कृष्णगोपाल श्रेष्ठले प्रचण्ड–माधव नेतृत्वको नेकपालाई नक्कली सिसाको संज्ञा दिएका छन् । नारायणहिटी संग्राहलय अगाडि आयोजित सभालाई सम्बोधन गर्दै शिक्षा मन्त्री समेत रहेका श्रेष्ठले प्रचण्डमाधव पक्षलाई नक्कली सिसाको टुक्राहरु भएको र उनीहरु फुटेर गएको बताएका हुन् ।
‘नेकपाका नक्कली सिसाका टुक्राहरु फुटेर गए, सक्कली हिरा र सुन यता छन्’, श्रेष्ठको भनाई छ । उनले संविधान र लोकतन्त्रको रक्षाका लागि आन्दोलन गर्नुपरेको भन्दै ‘लोकतन्त्र र संविधान गम्भीर संकटमा परको’ बताए ।
शिक्षामन्त्री समेत रहेका श्रेष्ठले आगामी वैशाख १७ गते निर्वाचन सकिने र २४ गते विशाल जनसभा गर्ने बताएका छन् । नारायणहिटी संग्रहालय अगाडि सुरु भएको जनसभालाई सम्बोधन गर्दै नेता श्रेष्ठले आगामी माघ २४ गते यस्तै जनसभा गर्ने बताएका हुन् । ‘आगामी बैशाख १७ निर्वाचन सकिन्छ र २४ गते यस्तै विशाल जनसभा गर्छौ,’ श्रेष्ठको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानिसमा पढ्ने बानी घट्दै गएकोमा प्रहरी महानिरीक्षक कार्कीको चिन्ता
-
सुर्खेतमा ग्यास अभाव नभएको निगमको दाबी
-
विदेशको सिको गरेर नियम लाद्नुअघि सडक पूर्वाधार सुधार गरियोस्: अध्यक्ष सिटौला
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण