बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

‘नक्क्ली सिसाका टुक्राहरु फुटेर गए हिरा र सुन यता’

शुक्रबार, २३ माघ २०७७, १३ : २२
शुक्रबार, २३ माघ २०७७

काठमाडौं । नेकपा ओली पक्षका नेता कृष्णगोपाल श्रेष्ठले प्रचण्ड–माधव नेतृत्वको नेकपालाई नक्कली सिसाको संज्ञा दिएका छन् । नारायणहिटी संग्राहलय अगाडि आयोजित सभालाई सम्बोधन गर्दै शिक्षा मन्त्री समेत रहेका श्रेष्ठले प्रचण्डमाधव पक्षलाई नक्कली सिसाको टुक्राहरु भएको र उनीहरु फुटेर गएको बताएका हुन् ।

‘नेकपाका नक्कली सिसाका टुक्राहरु फुटेर गए, सक्कली हिरा र सुन यता छन्’, श्रेष्ठको भनाई छ । उनले संविधान र लोकतन्त्रको रक्षाका लागि आन्दोलन गर्नुपरेको भन्दै ‘लोकतन्त्र र संविधान गम्भीर संकटमा परको’ बताए ।

शिक्षामन्त्री समेत रहेका श्रेष्ठले आगामी वैशाख १७ गते निर्वाचन सकिने र २४ गते विशाल जनसभा गर्ने बताएका छन् ।  नारायणहिटी संग्रहालय अगाडि सुरु भएको जनसभालाई सम्बोधन गर्दै नेता श्रेष्ठले आगामी माघ २४ गते यस्तै जनसभा गर्ने बताएका हुन् । ‘आगामी बैशाख १७ निर्वाचन सकिन्छ र २४ गते यस्तै विशाल जनसभा गर्छौ,’ श्रेष्ठको भनाई छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप