ट्रान्सपरेन्सीको खुलासा : नेपालमा भ्रष्टाचार बढ्यो

काठमाडौं । नेपालमा भ्रष्टाचार बढ्दै गएको एक प्रतिवेदनले औंल्याएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपालमा भ्रष्टाचार बढेको पाइएको हो । ट्रान्सपरेन्सी इन्टरनेशनलले यसवर्ष १८० देशमा गरेको (भ्रष्टाचार अवधारणा सूचकांक) सर्वेक्षणमा नेपाल भ्रष्टाचार हुने देशको ११७ औं नम्बरमा परेको हो ।
ट्रान्सपरेन्सीको गत वर्षको सर्वेक्षणमा नेपाल भ्रष्टाचारको ११३ औं स्थानमा थियो भने यो वर्ष बढेर ११७ औं स्थानमा पुगेको हो । अर्थात गतवर्ष भन्दा ४ अंकले नेपालमा भ्रष्टाचार बढेको तथ्यांकले देखाएको छ।
ट्रान्सपरेन्सी इन्टरनेशन नेपालले बिहीबार पत्रकार सम्मेलन गरेर डेनमार्क र न्युजील्याण्ड सवैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा परेको जानकारी दिएको छ । सर्वेक्षणमा कुल सय अंकमा डेनमार्क र न्युजील्याण्डले कुल सयमा ८८ अंक प्राप्त गरेका छन् । नेपालले भने ३३ अंक मात्रै पाएको छ । ट्रान्सपरेन्सीको सर्वेक्षण अनुसार साउथ सुडान र सोमालिया सवैभन्दा बढी भ्रष्टाचार हुने देशको सूचीमा परेका छन् । उनीहरुले एक सय मा १२ अंक मात्र प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गभर्नरको आशाले उचालियो सेयर बजार, ३७ अंकले बढ्दा ८२ अंकको उतारचढाव
-
अपडेट : आईपीएल एक साताका लागि स्थगित
-
भारतमा घट्दा पाकिस्तानमा बढ्यो सेयर बजार
-
बागमती प्रदेश निर्माण व्यवसायी महासङ्घद्वारा १० बुँदे मागपत्रसहित मुख्यमन्त्री कार्यालयमा निवेदन
-
सागर एक्लैले पाँच विकेट लिएपछि पुलिस स्कुलले सजिलै हरायो रत्नराज्यलाई
-
नेपालमा नोबेल ब्रान्डको लन्च