दक्षिण एसियाली मुलकमध्ये भ्रष्टाचारमा को अगाडि ?
काठमाडौं । सरकारको भ्रष्टाचार विरोधी प्रयास पर्याप्त नहुनु, सार्वजनिक क्षेत्रमा भ्रष्टाचार र अधिकारको दुरुपयोग रहनु, सार्वजनिक पदाधिकारीमाथि कारवाहीमा कमी हुनु लगायतका कारणले नेपालमा भ्रष्टाचार बढेको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले जनाएको छ ।
बिहीबार एक प्रतिवेदन सार्वजनिक गर्दै उसले भ्रष्टाचार बढ्दा कोभिड १९ माहामारी नियन्त्रण प्रभावकारी नबन्नुका साथै लोकतन्त्र नै पछाडि धकेलिएको जनाएको छ । त्यस्तै ट्रान्सपरेन्सीले व्यापार व्यवसायमा घुसखोरी कायम रहनु सूचनामा नागरिकको पहुँच कमी बन्नुजस्ता समस्या कामयै रहेकाले पनि भ्रष्टाचार बढेको उल्लेख गरेको छ ।
ट्रान्सपरेन्सी इन्टरनेशनलले (टीआई) को अध्ययन सर्वेक्षणले सन् २०२० को भ्रष्टाचार अवधारणा सूचकांक अनुसार दक्षिण एसियाली मुलुकमध्ये सवैभन्दा बढि भ्रष्टाचार हुने मुलुकमा अफगानिस्तान पहिलो नम्बरमा परेको छ । सर्वेक्षणमा अफगानिस्तानले १०० अंकमा जम्मा १९ अंक पाउँदै भ्रष्टाचारको १६५ औं देशमा परेको छ ।
अफगानिस्तानपछि भ्रष्टाचार हुने अर्को दक्षिण एसियाली देश बंगलादेश दोस्रो नम्बरमा परेको छ । जसले २६ अंक प्राप्त गरी १४६ औ देशमा दरिएको छ । पाकिस्तान ३१ अंक प्राप्त गरी १२४ औं स्थान, नेपाल ३३ अंक प्राप्त गरी ११७ औ, श्रीलंका ३८ अंक प्राप्त गरी ९४ औ,भारत ४० अंक प्राप्त गरी ८६औं स्थान,माल्दिभ्स ४३ अंक प्राप्त गरी ७५ र भुटान ८६ अंक प्राप्त गरी २४ औं स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण