धोती जुलुसको नारा : आज होइन भोलिलाई, १० वर्ष ओलीलाई (फोटोफिचर)
शनिबार, २५ पुस २०७७, १४ : ००

काठमाडौं । काठमाडौमा धोती जुलुस निकालिएको छ । नेकपाको ओली पक्षीय राष्ट्रिय युवा संघको आह्वानमा काठमाडौँको बिजुलीबजारबाट धोती जुलस निस्किएको हो । जुलुसमा सहभागीहरुले धोती, कुर्ता, गम्छा, लगाएका थिए । उनीहरुले ‘केपी ओली जिन्दावाद, साथ दिन तयार छौँ, आज होइन भोलिलाई १० वर्ष ओलीलाई, धोती, कुर्ता, गम्छा मधेसी के शान बा, केपी ओली हमनी सबके जान बा,’ भन्ने जस्ता नारा लगाएका थिए ।
उक्त जुलुस बबरमहलबाट निस्केर माइतीघर हुँदै प्रज्ञा भवन पुगेको थियो । जुलुसको नेतृत्व नेता महेश बस्नेत लगायतले गरेका थिए । प्रज्ञा भवनमा हुने कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओलीलगायतले सम्बोधन गर्नेछन् ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होलीमा उच्छृङ्खल गतिविधि गर्ने ५५ जना प्रहरीको पञ्जामा
-
सोल्मा वडाकप पुरूष फुटबलको उपाधि महादेवस्थानलाई
-
समाजवादीको राष्ट्रिय कार्यकर्ता भेलाको सम्पूर्ण तयारी पूरा
-
१२ बजे, १२ समाचार : सुप्रिम सहकारी ठगीमा रवि र छविको मुद्दा एकैसाथ हेरिनेदेखि एनआरएनएको विवादास्पद कार्यक्रममा सांसदसम्म
-
सुनसरीमा ट्र्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
-
राष्ट्रसङ्घको ‘इरान लक्षित’ बैठकबारे सोधपुछका लागि युरोपेली कूटनीतिज्ञलाई पत्राचार