५० वर्षीया महिलाको सामूहिक बलात्कारपछि हत्याका मुख्य अभियुक्त पुजारी पक्राउ
शुक्रबार, २४ पुस २०७७, ०७ : ०७

भारतको उत्तर प्रदेशको बदायूं जिल्लामा मन्दिरमा महिलाको सामूहिक बलात्कारपछि हत्याका मुख्य अभियुक्त पुजारी सत्यनारायणलाई पक्राउ गरिएको छ ।
पुजारीमाथि प्रहरीले ५० हजारको इनाम घोषणा गरेका थिए ।
प्रहरीका अनुसार अभियुक्त पुजारी मेवली गाउँमा एक भक्तको घरमा लुकेर बसेका थिए । गाउँलेले पुजारीलाई पक्राउ गरेर प्रहरीलाई सुम्पिएका हुन् ।
बदायूं जिल्लाको उघैती इलाकामा ५० वर्षीया एक महिलाको सामूहिक बलात्कारपछि हत्या गरिएको थियो ।
आइतबार बेलुकी महिला पूजा गर्न मन्दिर जाँदा उक्त घटना भएको हो ।
आरोप मन्दिरका पुजारी र उनका दुई साथीमाथि लागेको छ । प्रहरीले दुई अभियुक्तलाई पहिले नै पक्राउ गरिसकेको छ ।
यो पनिः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ वर्ष-२०८२ को अवसरमा राजा ज्ञानेन्द्र शाहद्वारा व्यक्त शुभकामना सन्देशको पूर्णपाठ
-
सल्यानमा चट्याङ लागेर बालिकाको मृत्यु
-
निलम्बित न्यायाधीश भुवन गिरीले पाए सफाइ
-
पुनरुत्थानवादीलाई मसानघाटमा पुर्याउन पछि पर्दैनौँ : लक्ष्मण पन्त
-
एमआरपी मूल्य उल्लेख नगरी वस्तु बिक्री गर्ने पसललाई दुई लाख जरिवाना
-
मौसमको चुनौती उछिन्दै गोकर्णेश्वरमा गुञ्जियो नेपथ्य