सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

भारतः पूजा गर्न गएकी ५० वर्षीयाको बलात्कारपछि हत्या, मन्दिरका पुजारी मुख्य अभियुक्त

बिहीबार, २३ पुस २०७७, ०८ : १९
बिहीबार, २३ पुस २०७७

भारतको उत्तर प्रदेशको बदायूं जिल्लामा ५० वर्षीया एक महिलाको बलात्कारपछि हत्या भएको छ । 

महिला आइतबार बेलुका पूजा गर्न जाँदा उनीमाथि यस्तो घटना भएको हो । 

आरोप मन्दिरका पुजारी र उनका दुई साथीमाथि लागेको छ । 

प्रहरीले दुई अभियुक्तलाई पक्राउ गरेको दाबी गरेको छ जबकी मुख्य अभियुक्त मन्दिरका पुजारी अहिले पनि प्रहरीको पहुँच बाहिर छन् । 

यसैबीच राष्ट्रिय महिला आयोगले यो मामिलामा युपी प्रहरीसँग रिपोर्ट माग गरेको छ । 

घटनाबारे जानकारी दिँदै बदायूंका वरिष्ठ प्रहरी अधिकारी संकल्प शर्माले बीबीसीसँगको कुराकानीमा भन, ‘५० वर्षीया महिलाको संदिग्ध परिस्थितीमा मृत्यु भएको थियो । यसबारे मुद्दा दर्ता गरिएको छ । दुई अभियुक्तलाई पक्राउ गरिएको छ । सम्बन्धित मामिलाको प्रारम्भिक अनुसन्धानमा लापरवाही गरेकोमा दोषी पाइएका थानाका प्रभारीलाई निलम्बित गरिएको छ ।’

मन्दिरबाट घर फर्किनन्ः

महिलाका परिवारका अनुसार आइतबार बेलुका उनी मन्दिरमा पूजा गर्न गएकी थिइन् तर निकै बेर भएपनि घर फिर्ता भइनन् । घरका मानिसहरु तनावमा परे । 

महिलाका श्रीमानले भने, ‘राती साढे ११ बजे महात्मा (मन्दिरका पुजारी)ले गम्भीर अवस्थामा महिलालाई घर लिएर आए । उनको अत्यधिक रक्तश्राव भइरहेको थियो । रगत बग्दा बग्दै उनको मृत्यु भयो । महात्मा सत्यनारायणसँग वेदराम र ड्राइभर जसपाल पनि थिए ।’

परिवारले आरोप लगाएअनुसार यसबारे प्रहरीमा रिपोर्ट गरिएको थियो तर प्रहरीले कुनै रिपोर्ट दर्ता गरेनन् । 

मंगलबार जब पोस्टमार्टमको रिपोर्ट आयो तब त्यसमा सामूहिक बलात्कारका साथै निकै क्रुर तरिकाले हत्याको कुरा सार्वजनिक भयो । त्यसपछि मात्रै प्रहरीले एफआईआर दर्ता गर्यो र बुधबार दुईजनालाई पक्राउ गर्यो । 

मुख्य अभियुक्त तथा मन्दिरका पुजारी सत्यनारायण अहिले पनि फरार छन् । 

पुजारीको बयानले पार्यो अलमलः

परिवारका अनुसार सोमबार नै ऊजुरी दिइएको थियो तर एफआइआर दर्ता गरिएन । पोस्टमार्टम पछि मात्रै एफआइआर दर्ता गरियो । 

स्थानीय पत्रकार चितरंजन सिंहले मुख्य अभियुक्त मन्दिरका पुजारी सत्यनारायणले महिलाको कुवामा खसेर मृत्यु भएको बयान दिइरहे । 

उनका अनुसार प्रहरीले पहिलो पुजारी सत्यनारायणको बयानको आधारमा कारवाही गरिरह्यो जबकी परिवारले भने बलात्कार र हत्याको आरोप लगाइरहेका थिए । 

घटनापछि मिडियासँगको कुराकानीमा पुजारीले भनेका थिए, ‘महिला कुवामा खसेकी थिइन् । मैले वेदराम र जसपाललाई मद्दतका लागि बोलाएँ । उनीहरुको मद्दतले जब उनलाई निकालेँ तब उनको मृत्यु भइसकेको थियो । त्यसपछि हामीले उनलाई उनको घरमा पुर्याइदियौं ।’

स्थानीय प्रहरीले पोस्टमार्टम रिपोर्ट नआञ्जुलसम्म सत्यनारायणको बयानलाई सही मानिरहेको थियो । 

स्थानीय मानिसका अनुसार जुन कुवामा उनी खसेको कुरा पुजारीले बताइरहेका थिए त्यहाँ पुग्न नै कठिन छ । बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप