शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

वायु प्रदूषणको असर : तस्बिरमा हेर्नुहोस् उपत्यकाको बदलिएको रुप

मङ्गलबार, २१ पुस २०७७, २१ : १९
मङ्गलबार, २१ पुस २०७७

सोमबार एकाएक मौसममा बदलाब देखिएसँगै उपत्यकाको रुप पनि बदलिन पुग्यो । अर्थात एकाएक उपत्यका तुवालोले ढाकियो । सोमबारदेखि धुम्म रहेको उपत्यका मंगलबारसम्म पनि उस्तै छ । तुवालोकै कारण उपत्यकामा घाम लागेको छैन भने भिजिविलिटी कम देखिएको छ । त्यतिमात्रै होइन सर्वसधारणलाई असहज समेत महसुश अनुभव भइरहेको छ । 

सोमबारदेखि मौसममा आएको बदलावसँगै काठमाडौं उपत्यकामा वायु प्रदूषणको स्तर अत्यधिक रुपमा बढेसँगै यस्तो अवस्था आएको हो ।  सोमबार काठमाडौंको वायु प्रदूषण विश्वमै नम्बर एकमा पुग्यो। स्वीटजरल्याण्ड मुख्यालय रहेको एक्युएअरले सोमबार ७ः४५ बजे काठमाडौंको एक्युआई ४८७ पुगेको देखाएको छ। काठमाडौंमा बढ्दो सहरीकरण, पेट्रोल–डिजेलबाट चल्ने सवारी साधनलगायतका कारण प्रदूषण नराम्री बढेको बताइएको छ । 

यसैबीच वातावरण विभागले एक विज्ञप्तिमार्फत  विशेष सावधानी अपनाउन अपील गरेको छ । विभागले मंगलबार एक विज्ञप्तिमार्फत विशेषगरी बालबालिका, वृद्धवृद्धा एवम् दम, खोकी जस्ता श्वासप्रश्वास सम्बन्धी बिरामी र मुटुका बिरामीहरु बढी प्रभावित हुने भएकाले उनहरुलाई सकेसम्म घरबाहिर ननिस्कन र सबै नागरिकले घरबाहिर निस्कँदा विशेष सावधानी अपनाउन अपील गरेको छ । 



विभागका अनुसार बिहान र बेलुकाको समयमा प्रदूषण अत्यधिक बढेको पाइएको छ भने यसबाट स्वास्थ्यमा नकारात्मक असर पर्नसक्छ । 

उपत्यकाबाहेक तराई क्षेत्रका सहरहरु नेपालगन्ज, विराटनगरलगायतका सहरमा पनि वायु प्रदूषणको मात्रा उच्च भएको पाइएकाले त्यस क्षेत्रका नागरिकलाई पनि सावधानी अपनाउन विभागले अनुरोध गरेको छ । 


फोहोर बाल्दा र आगो बाल्दा वायु प्रदूषण झनै बढ्ने भएकाले यस्तो कार्य नगर्न पनि अनुरोध गरिएको छ । वायू प्रदूषण मौसममा समेत भर पर्ने भएकाले मौसम यस्तै भइरहेमा अवस्था थप खराब हुनसक्ने सम्भावना रहेको पनि विभागले जनाएको छ । 

प्रदूषणकै कारण मंगलबार हवाइ उडानसमेत प्रभावित भएको थियो । 

थप तस्बिर राससबाट


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप