शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काठमाडौँको वायुमा खतराको घण्टीः बिना काम घर बाहिर ननिस्कन सुझाव

काठमाडौँ उपत्यकाको वायु अहिलेसम्मकै प्रदूषित
मङ्गलबार, २१ पुस २०७७, १४ : १७
मङ्गलबार, २१ पुस २०७७


काठमाडौं — तपाईं आज बिना काम घर बाहिर निस्कदै हुनुन्छ भने होसियार ! काठमाडौँ उपत्यकाको वायु अहिलेसम्मै प्रदुषित भएको पाइएको छ । मङ्गलबार अर्थात् आजको वायु अहिलसम्मकै दुषित भएको वन तथा बातावरण मन्त्रालयले जनाएको छ । वायु प्रदुषणको तह उच्च विन्दुमा पुगेपछि अमेरिकी राजदूतावासले पनि घरभित्र बस्दा भmयाल ढोका बन्दा गरेर, मास्क लगाएर बस्न सुझाव दिएको छ । प्रदूषित वातावरणमा सावधानी अपनाएर हिँड्नसमेत आग्रह गरेको छ ।

आईक्यूएयरका अनुसार नेपालको वायु प्रदूषणको तह ४८८ पुगेको जनाए पनि वातावरण विभागले काठमाडौँ उपत्यकाको मङ्गलबार वायुप्रदूषण अहिलेसम्मकै बढी भए पनि सूचाकाङ्क ३०० पुगेको वन तथा वातावरण मन्त्रालय अन्तरगत वातावरण विभागका उप—महानिर्देशका इन्दु विक्रम जोशीले बताए । अघिल्ला वर्षहरुमा यही समयमा वायु गुणस्तर सूचाकाङ्क १९० मा सिमित हुने थियो । यसवर्ष ह्वात्तै वायुप्रदुषण बढेकाले स्वास्थ्यमा गम्भिर असर पार्न सक्ने उनले सुनाए । उपत्यकासँगै तराई क्षेत्रका वायु गुणस्तर सूचाकाङ्कमा अझ वृद्धि भएको उप—महानिर्देशक जोशीले बताउँछन् । काठमाडौँ उपत्यका कचैरा आकारको भएकाले यहाँ भित्र भएका प्रदूषित वायु तल्लो तहबाट वायुमण्डलको उपल्लो तहमा उड्न नपाएकाले उपत्यकाको वातावरण प्रदूषित भएको उप—महानिर्देश जोशी बताउँछन् ।

उपत्यकामा सबैभन्दा बढि वायुप्रदुषण यातायातको साधनले बनाउने भएकाले अनावश्यक रुपमा सवारी साधन नचलाउन समेत उनले आग्रह गरे । वायुप्रदूषण ह्वात्तै बढाउने कारक तत्वमध्ये  उपत्यकाका इँटा उद्योग, सवारी तथा कलकारखानाबाट निस्किएको धुवाले वातावरणलाई दूषित बनाएको उनले सुनाए । जाडो याममा इँटा उद्योगहरुले इँटा पोल्ने गर्छन् ।

वायुप्रदुषणले कोभिडका बिरामीको स्वास्थ्य बढी प्रभाव पार्छ 

वायुप्रदूषणले जनस्वास्थ्यमा नकारात्मक असर नै पर्छ । तर, कोरोनाभाइरस कोभिड—१९ संक्रमित बिरामीलाई वायुप्रदूषणले झनै नकारात्मक प्रभाव पर्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् । वायुप्रदूषणले विश्वमा कोभिड संक्रमितको मृत्युदर ३ प्रतिशतले बढाउने सहयोग गरेको अध्ययनहरुले देखाएको छ । वायुप्रदूषणले सिधै श्वासप्रश्वास प्रक्रियामा असर गर्ने भएकाले स्वास्थ्य गम्भीर समस्या निम्ताउन सक्ने शुक्रराज तथा सरुवा रोग अस्पतालका सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् । ‘वायुप्रदूषणले डबल हिट गर्छ, अर्थात् कोरोनाभाइरस हुँदा पनि फोक्सोमा संक्रमण गर्छ भने श्वासप्रश्वास प्रक्रिया पनि त्यहीबाट हुने भएकाले स्वास्थ्य समस्या झन् बढ्छ,’ उनी भन्छन् ।

यसअघि पनि संक्रमितहरुलाई वायुप्रदूषणले बढी नकारात्मक प्रभाव पार्ने भएकाले दूषित वातावरणबाट जोगिन चेतावनी पहिला नै वैज्ञानिकहरुले दिइसकेको उनले बताए । वायुप्रदूषणले कोभिड संक्रमित बिरामीलाई थप क्षति पु¥याउन सक्ने भएकाले उपत्यकाको वातावरण प्रदुषणमय हुँदा चिन्ताको विषय बनेको उनले सुनाए । छातीसम्बन्धी रोगीलाई मात्रै नभए अन्य दीर्घरोगी, मुटु, मिगौला रोगीको स्वास्थ्य झन समस्या सृजना हुने उनले बताए ।

उपत्यको बातावरण धुँवामय भएका बेला सकेसम्म विनाकाम घरबाहिर ननिस्कन उनले आग्रह गरे । जाडो भयो भन्दैमा वातावरण दूषित भएको बेलामा आगो बालेर नताप्न समेत बातावरण विभागका उप—महानिर्देशक जोशीले जोड दिए । उपत्यका भित्र वायुप्रदूषण भएका बोलामा दीर्घरोगी, दमको समस्या भएका, कोभिड संक्रमण भएले सकेसम्म आगो नताप्दा राम्रो हुने उनले बताए ।  

काठमाडौँ उपत्यकाको प्रदूषित वातावरणमा यात्रा गर्दा मास्कको अनिवार्य प्रयोग, चस्माको प्रयोग गर्न समेत उप महानिर्देशक जोशीको आग्रह छ । यस समयमा घरभित्र बस्दा बस्दा भ्mयाल ढोका लगाएर वा मस्कको प्रयोग गर्दा पनि राम्रो हुने उनी बताउँछन् ।

काठमाडौँ उपत्यकाको वातावरण प्रदूषित हुन नदिनका लागि वातावरण विभागले जनचेतनामूलक कार्यक्रम टोलटोलमा गर्ने उनले सुनाए । उपत्यकामा प्रदूषित धुवा सवारीबाट निस्कने भएकाले सवारी यातयातहरुलाई निगरानीमा राख्नुपर्ने उनले बताए । उपत्यकाको प्रदूषणमय वातावरण विहीबारसम्म विस्तारै घट्दै जाने उप—महानिर्देशक जोशीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप