अत्यधिक वायु प्रदुषणले हवाइ उडान प्रभावित, जहाज आकाशमै होल्ड
काठमाडौं । अहिलेसम्मकै उच्च वायुप्रदुषका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रभावित हुन पुगको छ । वायु प्रदुषणका कारण भिजिविलिटी कम भएपछि २० मिनेट विमानस्थलको सेवा बन्द गर्नुपरेको त्रिभुवन विमानस्थलका प्रमुख देव चन्द्रलाल कर्णले रातोपाटीलाई जानकारी दिए ।
कर्णका अनुसार मंगलबार दिउँसो १ः३० बजेदेखि १ः५० सम्म २० मिनेट विमानस्थल बन्द गरिएको हो । सो समयमा विमानस्थलबाट टेकअफ (उड्ने) अराइभल (आगमन) हुने दुबै तर्फका विमानहरुलाई आकाशमै होल्ड गराइएको थियो ।
जुन समयमा मलेसियाबाट नेपाल आउँदै गरेका फ्लाइट मालिनोसहित आन्तरिक ४ गरी ५ वटा उडान प्रभावित हुन पुगेको विमानस्थल प्रमुख कर्णले जानकारी दिए ।
१२ सय भन्दा कम भिजिबिलिटी
हवाई उडान तथा ल्यान्डिङका लागि न्यूनतम १ हजार २ सय मिटरको भिजिविलिटी आवश्यक रहेपनि मंगलबार एक हजार मिटर जतिको मात्र भिजिविलिटी रहेको थियो । जसका कारण उडानमा समस्या आएको विमानस्थल प्रमुख कर्णले रातोपाटीसँग बताए ।
दिउँसो अधिकतम भिजिविलिटी कम भएकाले २० मिनेट विमानस्थल बन्द गरिएकोमा अहिले समान्य अवस्थामा फर्किएकाले उडान पुनः सुचारु भइसकेको कर्णको भनाइ छ । हाल त्रिभूवन विमानस्थलको भिजिविलिटी १ हजार ६ सय मिटर रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनबाट उपत्पादित विजुली
-
हस्पिट्यालिटी क्षेत्रमा भिन्न उपस्थिति-‘हर्ष बाटिका’
-
अमेरिकाको म्याडिसनस्थित एक स्कुलमा गोली चल्यो, संदिग्ध छात्रसहित तीन जनाको मृत्यु
-
१२ बजे, १२ समाचार : रविविरुद्ध ३ मुद्दादेखि घट्यो दाल, चामल, तेल र चिनीको बजार भाउसम्म
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन