शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

योगेश भट्टराईको प्रश्न : केपी ओली होसमा त हुनुहुन्छ ?

सोमबार, २० पुस २०७७, १४ : ५९
सोमबार, २० पुस २०७७

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी ओली अशिष्टता र तर्कहीन गालीगलौजमा उत्रिएको आरोप लगाएका छन् । आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा ओलीले प्रचण्ड–माधव नेपाललगायतप्रति तल्लोस्तरमा टिप्पणी गरेको भन्दै उनले आपत्ति जनाए । 


सोमबार चितवनको भरतपुरमा आयोजित नेपाल प्रचण्ड–नेपाल समूहको नगरस्तरीय अगुवा पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, ‘‘आजको लडाइँ क्रान्ति र प्रतिक्रान्तिको लडाइँ हो । केपी ओली होसमा त हुनुहुन्छ ? सन्तुलनमा त हुनुहुन्छ ? मैले मेरो प्रधानमन्त्रीले मानसिक सन्तुलन गुमाउनु भयो भनेर भनेको छैन । मैले मेरो प्रधानमन्त्रीमा पागलपन सवार भयो भनेको पनि छैन । तर हिजो उहाँले जुन भाषण गर्नुभयो, जे शब्द प्रयोग गर्नुभयो, त्यो अति भयो । अशिष्टता, गालीगलौज, अमानवियता, निकृष्टता सिकाइरहनु भएको छ प्रधानमन्त्री ओलीले ।’

संविधानमा हुँदै नभएको कुरा प्रयोग गरेर पुस ५ गते संसद विघटन गर्ने काम प्रधानमन्त्रीले गरेको पनि उनले बताए । 

नेता भट्टराईले गृहमन्त्री रामबहादुर थापा बादलप्रति लक्षित गर्दै अहिलेका बादल गर्जन र बर्सन नसकेको बताए । उनले भने, ‘यो जिल्ला बादलको जिल्ला पनि हो । त्यो बादल न गर्जिन्छ, न बर्सिन्छ । हामीलाई लागेको थियो त्यो बादल गर्जिन्छ । विगतमा त्यो बादल गर्जिएको थियो । हामीलाई लागेको थियो त्यो बादल बर्सियोस् । विगतमा धेरै वर्षा गराएको थियो त्यो बादलले । तर त्यस्तो भएन यसपालि ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप