शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रमद्वारा देशवासीको नाममा सम्बोधन : संसद विघटन आकस्मिक होइन

सोमबार, ०६ पुस २०७७, १५ : २५
सोमबार, ०६ पुस २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको निर्णय आकस्मिक नभएको बताएका छन् । उनले राष्ट्रिय राजनीति र पार्टीभित्रकै केही नेताको जनअपेक्षा विपरितका गतिविधिका कारण यो अवस्था सिर्जना भएको बताए । 
सोमबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जननिर्वाचित सरकारलाई असहयोग र घेराबन्दी गरिएपछि आफ्ना सामु जनतासामु जानु बाहेकको अर्को विकल्प नभएको तर्क गरे ।  जसअनुसार हिजो प्रतिनिधिसभाको विघटन गरेर वैशाखमा निर्वाचन गर्ने तय भएको उनको भनाइ छ । 

‘संसद् विघटन अप्रत्यासित र आकस्मिक जस्तो देखिएपनि राष्ट्रिय राजनीति र पार्टीभित्रकै केही नेताको जनअपेक्षा विपरिततका गतिविधिका कारण यो अवस्था सिर्जना भएको हो’, ओलीले भने ।  


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप