सरकार घेराबन्दीको सिकार भयो : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लामो समयदेखि आफ्नै पार्टीबाट सरकार घेराबन्दीको सिकार भएको बताएका छन् ।
सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नै दलभित्रबाट सरकारलाई काम गर्न नदिइएको गुनासो गरेका हुन् । संसद विघटनपछि विकसित घटनाक्रमलाई लिएर सम्बोधन गरेका उनले सरकारलाई निरन्तर काम गर्नबाट रोक्न खोजेपछि आफूले पछिल्लो कदम चालेको प्रस्टीकरण दिएका हुन् ।
उनले पार्टीमा लामो समयदेखि विवाद चल्दै आएको र सोही विवाद समाधानको प्रयासस्वरुप दुई अध्यक्षका बीचमा कार्यविभाजन गरी एउटा अध्यक्षले सरकार र अर्को अध्यक्षले पार्टीका काम गर्ने गरी जिम्मेवारी बाँडफाँट गरिएको जिकिर गरे ।
यसबाट पार्टीभित्रका समस्या समाधान हुने अपेक्षा गरिएको भए पनि त्यसअनुसारको परिणाम नदेखिएको उनले बताए ।
उनले कार्यकारी अध्यक्ष प्रचण्डतर्फ संकेत गर्दै प्रश्न गरे, ‘यसबीचमा पार्टी एकीकरणका बाँकी काम कति पूरा भए ? महाधिवेशनको काम कति अघि बढ्यो ? जनतालाई समस्या परेको बेला पार्टीपंक्ति कति परिचालन भयो ?’
प्रधानमन्त्री ओलीले महत्वपूर्ण संवैधानिक अंगमा रिक्तता हुँदासमेत पूर्ति गर्न नदिइएको गुनासो पनि गरे । सरकारले दूरगामी महत्वका काम गरेको, प्रतिकुलताका बीच पनि महत्वपूर्ण काम गरेको जिकिर गर्दै उनले अर्कोतर्फबाट नकारात्मक मनोविज्ञान सिर्जना गर्न उद्यत भइरहेको आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण