शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सरकार घेराबन्दीको सिकार भयो : प्रधानमन्त्री ओली

सोमबार, ०६ पुस २०७७, १५ : ३१
सोमबार, ०६ पुस २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लामो समयदेखि आफ्नै पार्टीबाट सरकार घेराबन्दीको सिकार भएको बताएका छन् ।
सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नै दलभित्रबाट सरकारलाई काम गर्न नदिइएको गुनासो गरेका हुन् । संसद विघटनपछि विकसित घटनाक्रमलाई लिएर सम्बोधन गरेका उनले सरकारलाई निरन्तर काम गर्नबाट रोक्न खोजेपछि आफूले पछिल्लो कदम चालेको प्रस्टीकरण दिएका हुन् ।

उनले पार्टीमा लामो समयदेखि विवाद चल्दै आएको र सोही विवाद समाधानको प्रयासस्वरुप दुई अध्यक्षका बीचमा कार्यविभाजन गरी एउटा अध्यक्षले सरकार र अर्को अध्यक्षले पार्टीका काम गर्ने गरी जिम्मेवारी बाँडफाँट गरिएको जिकिर गरे ।

यसबाट पार्टीभित्रका समस्या समाधान हुने अपेक्षा गरिएको भए पनि त्यसअनुसारको परिणाम नदेखिएको उनले बताए ।
उनले कार्यकारी अध्यक्ष प्रचण्डतर्फ संकेत गर्दै प्रश्न गरे, ‘यसबीचमा पार्टी एकीकरणका बाँकी काम कति पूरा भए ? महाधिवेशनको काम कति अघि बढ्यो ? जनतालाई समस्या परेको बेला पार्टीपंक्ति कति परिचालन भयो ?’
प्रधानमन्त्री ओलीले महत्वपूर्ण संवैधानिक अंगमा रिक्तता हुँदासमेत पूर्ति गर्न नदिइएको गुनासो पनि गरे । सरकारले दूरगामी महत्वका काम गरेको, प्रतिकुलताका बीच पनि महत्वपूर्ण काम गरेको जिकिर गर्दै उनले अर्कोतर्फबाट नकारात्मक मनोविज्ञान सिर्जना गर्न उद्यत भइरहेको आरोप लगाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप