ओलीलाई कारबाही गर्न केन्द्रीय समिति बैठक बोलाइयो
आइतबार, ०५ पुस २०७७, २३ : ५२
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्न स्थायी समिति बैठकले प्रस्ताव गरेको छ । आइतबार बालुवाटारमा ओली बिनै बसेको स्थायी समिति बैठकले उनलाई अनुशासनको कारबाही गर्न प्रस्ताव केन्द्रीय समितिमा लैजाने निर्णय भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
देश, जनता र पार्टीको भविष्यलाई नै अन्धकारतिर धकेल्ने तथा संविधानलाई असफल पार्ने कुकृत गरी प्रधानमन्त्रीले गम्भीर विश्वासघात गरेको ठहर स्थायी समिति बैठकले गरेको छ ।
उनलाई अनुशासनको कारबाही गर्नेबारे छलफल गर्न पुस ७ गते काठमाडौंमा केन्द्रीय समिति बैठक बोलाइएको छ ।
त्यस्तै पूर्वसभामुख कृष्ण बहादुर महरालाई स्थायी समितिमा ल्याउने निर्णय पनि बैठकले गरेको छ ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
