स्थायी समिति बैठकद्वारा ओलीको कदमको विरोध, कानुनी उपचार खोज्ने निर्णय
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको कडा आलोचना गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी अध्यक्ष केपी शर्मा ओली बिनै बसेको स्थायी समिति बैठकले ओलीले संसद विघटन गरेकोप्रति विरोध गर्दै त्यसविरुद्ध कानुनी उपचार खोज्ने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
यस्तै ओलीलाई अनुशासनको कारबाही गर्ने सम्बन्धमा केन्द्रीय समितिमा प्रस्ताव लगिने भएको छ भने त्यसका लागि पुस ७ गते काठमाडौंमा बैठक बोलाइएको छ ।
संसद विघटन गरेर ओलीले बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीमा प्रहार गरेको बैठकले ठहर गरेको छ ।
यस्तै राष्ट्रपतिले पनि असंवैधानिक कदम चाल्नु आपत्तिजनक भएको बैठकले ठहर गरेको छ । प्रवक्ता श्रेष्ठले भने, ‘संसद विघटनको निर्णयलाई राजनीतिक रुपमा अस्वीकार गर्दै कानुनी उपचार खोज्ने बैठकले निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण