बुढानीलकण्ठमा काँग्रेस र जसपाका शीर्ष नेताबीच भेटवार्ता
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र विपक्षी दल जनता समाजवादी पार्टी (जसपा)का शीर्ष नेताबीच भेटवार्ता भएको छ । छलफलमा काँग्रेसका तर्फबाट सभापति शेरबहादुुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता मिनेन्द्र रिजाल, रमेश लेखक र जसपाका तर्फबाट अध्यक्ष महन्थ ठाकुर र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र वरिष्ठ नेता राजेन्द्र महतो सहभागी छन् ।
देउवा निवास बुढानीलकण्ठमा उनीहरुबीच दिउँसो तीन बजेबाट छलफल जारी रहेको देउवाका स्वकीय सचिव भानु देउवाले रातोपाटीलाई जानकारी दिए । शुक्रबार सभापति देउवाले संसदको विशेष अधिवेशन बेलाउन जसपाले सहयोग नगरेको आसयको ट्वीट गरेपछि जसपाका शीर्ष नेता बुढानीलकण्ठ पुगेको बुझिएको छ ।
छलफलमा सरकारलाई संसद खुलाउन दबाव दिनेबारे छलफल भइरहेको उनको भनाइ छ । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिन आनाकानी गरेको विषयमा पनि छलफल भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ग्लोबल आईएमई बैंक एनवाईईएफ स्टार्टअप अवार्ड्स ४.० को ओरिएन्टेसन सफलतापूर्वक सम्पन्न
-
रवि लामिछानेलाई साढे ५ बजे काठमाडौँ ल्याइने
-
मध्यरातदेखि मौन अवधि सुरु हुँदै : के-के गर्न पाइँदैन ?
-
रुसले गर्यो युक्रेनको ऊर्जा सञ्जालमा प्रहार, १० लाखभन्दा बढी युक्रेनी जनता अन्धकारमा
-
नेपाल आइपुगे कमेडियन सुनिल ग्रोवर
-
एनपीएल खेल्न नेपाल आइपुगे ओमानका पूर्वकप्तान जिसन मक्सुद