सर्वदलीय बैठकमा प्रधानमन्त्रीद्वारा राजावादीविरुद्ध एकजुट हुन आह्वान

प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धिको रक्षाका लागि सबै परिवर्तनकारी दल र शक्ति एकजुट हुन आह्वान गरेका छन् । देशभर राजावादीको आन्दोलन चकिएसँगै यसबारे छलफलका लागि सर्वदलीय बैठक बोलाएका ओलीले यस्तो आह्वान गरेका हुन् ।
सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले नेताहरुलाई स्वागत गर्दै पछिल्ला दिनमा प्रतिगमनका नाममा भएका संविधानविरोधी र हिंसात्मक गतिविधि सह्य नहुने स्पष्ट पारे ।
बैठकमा कोभिड–१९ विरुद्धको रोकथाम, लोकतान्त्रिक आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा, संविधानविरोधी गतिविधिलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
बालुवाटारमा भएकाे साे बैठकमा प्रधानमन्त्रीले कोभिड–१९ को रोकथाम र नियन्त्रणमा सरकारले गर्दै आएका कामबारे पनि प्रकाश पारेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कक्षा १० को उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को परीक्षा सञ्चालनमा सहयोग गर्नुस् : राष्ट्रिय परीक्षा बोर्ड
-
एआईजी बढुवा– राष्ट्रिय अनुसन्धानबाट आएकाहरू सिफारिस भएनन्
-
पाइप फुटेपछि थापाथली कोरिडोरमा बिजोग (तस्बिरहरू)
-
संयुक्त राष्ट्रसङ्घका आणविक प्रमुख तेहरानमा
-
प्रहरीका ६ जना डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस (सूचीसहित)
-
अमेरिका र इरानबिच दोस्रो चरणको वार्ता रोममा हुने