बर्दिबास घटना : शव पोष्टमार्टमका लागि जनकपुर लगियो
महोत्तरीको बर्दिबासमा हत्या भएकी बालिकाको शवलाई पोस्टमार्टमका लागि जनकपुर लगिएको छ । बलात्कारपछि हत्या भएकी ६ वर्षीया बालिका गुलाब साह खातुनको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको हो ।
मंगलबार दिउँसो स्थानीयले शव भेटेको ठाउँबाट उठाएर बर्दिबासस्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेर दिनभर प्रदर्शन गरेका थिए । त्यस क्रममा प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेपछि प्रहरीले गोली चलाएको थियो भने पछि आफन्तको सहमति बिनै बालिकाको शव उठाएर पोस्टमार्टमका लागि जनकपुर लगेको हो ।
प्रहरीले गोली चलाएपछि भीड तितरवितर भएको थियो भने ३ जना घाइते भएका छन् । घाइते मध्ये २ जनालाई काठमाडौँ पठाइएको छ । एक जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको महोत्तरीका प्रहरी उपरिक्षक टीका बहादुर केसीले जानकारी दिए ।
प्रहरी हस्तक्षेपपछि अवरुद्ध राजमार्ग समेत मंगलबारै खुलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
