बर्दिबास घटनाका घाइतेलाई काठमाडौं पठाइयो, प्रहरीमाथि ढुंगामुढा भएपछि चलेको थियो गोली
महोत्तरीको बर्दिबासमा प्रहरीको गोली लागी घाइते भएकाहरुलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ । बर्दिबास नगरपालिका वडा नम्बर १४ स्थित शुभम् बस्तीकी ६ वर्षीय बालिका गुलाब साह खातुन हत्याको विरोधमा भएको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाएको थियो ।
घटनाको विरोधमा प्रदर्शनमा उत्रिएका स्थानीयले प्रहरीमाथि ढुंगामुढा गरेपछि प्रहरीले केही राउण्ड गोली चलाएको थियो । प्रहरीको गोली लागेर बुद्धिराज (सञ्जय) न्यौपाने र श्याम कार्की घाइते भएको प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले जानकारी दिए । यस्तै अफताब आलम पनि प्रहरीको लाठीचार्जबाट घाइते भएका छन् ।
गोली लागेर घाइते भएका न्यौपानेको कम्मर मुनी गोली लागेको छ भने श्यामको घाँटीमा चोट रहेको छ । घाइतेहरुको काठमाडौंमा मेडिसिटीमा अस्पतालमा उपचार हुने बताइएको छ ।
खातुन आइतबार साँझदेखि हराएकी थिइन् भने उनको शव सोमबार मध्यरात हत्यापछि बोरामा फ्याकिएको अवस्थामा फेला परेको थियो । स्थानीयले बालिकाको बलात्कारपछि हत्या भएको दावी गरेपनि प्रहरीले भने अनुसन्धानकै क्रममा रहेको बताएको छ।
आक्रोशित स्थानीयले अहिले बर्दिबासको मुख्य सडकमा बालिकाको शव राखेर ‘बलात्कारीलाई फासी दिनुपर्ने’ माग गर्दै प्रदर्शन गर्दै आएका छन् ।
प्रहरीले बालिकाको हत्या गरेको आरोपमा महोत्तरीकै गौशाला नगरपालिका वडा नम्बर ५ स्थायी ठेगाना भएका अरुण कुमार साहलाई पक्राउ गरेको छ । बर्दिबासमा समेत घर भएका उनको ३ तले घरमा आक्रोशित स्थानीयले आगो लगाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घान्द्रुकमा स्कारपियो दुर्घटना स् एक जनाको मृत्यु, ४ गम्भीर घाइते
-
बागमती सीटीईभीटीको निर्देशकका लागि ३ जनाको नाम सिफारिस
-
सचिव सरुवाले हैरान सांसद : 'नम्बर सेभ गर्दा एउटा मन्त्रालयमा‚ फोन गर्दा अर्कै मन्त्रालयमा'
-
असदलाई छिट्टै भेट्नेछु : पुटिन
-
‘अवकाशमा जान लागेका कर्मचारीहरूलाई माथिल्लो तहमा बढुवा गर्ने काम रोक्नुपर्छ’
-
एक करोड ४० लाखमा बन्यो देउराली प्रहरी चौकी