६ वर्षीया बालिकाको हत्या प्रकरण : महोत्तरीमा तनाव, आक्रोशित स्थानीयले लगाए आरोपीको घरमा आगो (तस्बिरहरु)
महोत्तरीको बर्दिबासमा एक ६ वर्षीया बालिकाको हत्याको विरोधमा महोत्तरीमा तनाव भएको छ । आक्रोशित स्थानीयले बालिकाको शवलाई सडकमा राखेर प्रदर्शन गरिरहेका छन् ।
बर्दिबास नगरपालिका वडा नम्बर १४ स्थित शुभम् बस्तीबाट ६ वर्षीय बालिका गुलाब साह खातुनको आइतबार साँझदेखि हराएकी थिइन् भने उनको शव सोमबार मध्यरात हत्यापछि बोरामा फ्याकिएको अवस्थामा फेला परेको थियो । स्थानीयले बालिकाको बलात्कारपछि हत्या भएको दावी गरेपनि प्रहरीले भने अनुसन्धानकै क्रममा रहेको बताएकाे छ।
आक्रोशित स्थानीयले अहिले बर्दिबासको मुख्य सडकमा बालिकाको शव राखेर ‘बलात्कारीलाई फासी दिनुपर्ने’ माग गर्दै प्रदर्शन गरिरहेका छन् ।
प्रहरीले बालिकाको हत्या गरेको आरोपमा महोत्तरीकै गौशाला नगरपालिका वडा नम्बर ५ स्थायी ठेगाना भएका अरुण कुमार साहलाई पक्राउ गरेको छ । बर्दिबासमा समेत घर भएका उनको ३ तले घरमा आक्रोशित स्थानीयले आगो लगाएका छन् । आगो नियन्त्रणमा लिन बर्दिबास नगरपालिकाबाट पुगेको दमकललाई स्थानीयहरुले अवरोध गरेका छन् ।
इलाका प्रहरी कार्यालय बर्दिबासका प्रमुख प्रहरी नायव उपरीक्षक राजन चापागाईंले स्थानीहरुको अत्यधिक भीड रहेको र उनीहरुले आगो नियन्त्रण गर्न नदिइरहेकोले अहिलेसम्म आगो नियन्त्रणमा नआएको बताए ।
घटनास्थलमा रहेका प्रहरी नायव उपरीक्षक चापागाईंले प्रदर्शनलाई नियन्त्रण गर्न करिब २२ राउण्ड आँसु ग्यास प्रहार गरिएको जानकारी दिए ।
यता मुख्य सडकमै शव राखेर स्थानीयहरुले प्रदर्शन गर्दा सयौं सवारीसाधनहरु समेत जाममा फसेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
नक्कली पाइलट पक्राउ, पाइलटकै पोसाकमा एयरपोर्टमा घुमिरहेका थिए
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
शिक्षक र कर्मचारीलाई पार्टीको सदस्यबाट राजीनामा गर्न अल्टिमेटम
-
आर्थिक स्थायित्वमार्फत अर्थतन्त्रको दिगो विकासका लागि प्रतिबद्ध छौँ : गभर्नर अधिकारी
-
विश्वभर २८ करोड २० लाख मानिस भोकमरीको चपेटामा