शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रिट खारेज भएपछि वामदेवले भने- म सबैप्रति कृतज्ञ छु

बुधबार, २६ कात्तिक २०७७, १७ : ४३
बुधबार, २६ कात्तिक २०७७

काठमाडौं । आफुविरुद्ध परेको रिट खारेज भएपछि नेकपा उपाध्यक्ष वामदेव गौतमले शुभेच्छा र सद्भाव प्रकट गर्ने सबैलाई आभार प्रकट गरेका छन् ।  ‘राष्ट्रियसभा सदस्य पदमा मेरो मनोनयन र शपथ लगत्तै मलाई थप संवैधानिक जिम्मेवारी नदिइयोस् भनी सर्वोच्च अदालतमा केही विद्वान अधिवक्ताहरुले दायर गर्नुभएको रिट उपर जारी भएको अन्तरिम आदेश आज सोही अदालतको संवैधानिक इजलासले खारेज गरेको छ’, गौतमले भनेका छन्, ‘यसबीचमा मप्रति शुभेच्छा र सद्भाव प्रकट गर्नुहुने समस्त महानुभावप्रति म हार्दिक आभार प्रकट गर्दछु । मेरो पक्षमा बहस गर्नुहुने सम्पूर्ण विद्वान कानुन व्यवसायी मित्रहरु प्रति म कृतज्ञ छु ।’


उनले वास्तवमा यो विषय कुनै पद र प्रतिष्ठासँग गाँसिएको थिएन पनि भनेका छन् । ‘हामी पार्टीभित्र विधि र पद्धति स्थापित गर्ने अभियानमा सरिक भइरहेको बेला प्रत्येक विषयलाई पद र व्यक्तिगत प्रतिष्ठासँग गाँसेर विधि र पद्धतिका कुरालाई विषयान्तर गर्न केही व्यक्तिहरु क्रियाशील भए । फेरि पनि म संविधानको सर्वोच्चता तथा विधि र पद्धतिका पक्षमा दृढताका पूर्वक उभिइरहने प्रण गर्दछु’, गौतमको अठोट छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप