अपडेट : ओली-प्रचण्डबीचको छलफल सकियो, भएन सहमति
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल सकिएको छ । झण्डै तीन घण्टा भएको छलफल विनानिष्कर्ष सकिएको बताइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा नेताहरुले पुरानै अडान दोहोर्याएपछि सहमति बन्न नसकेको बुझिएको छ ।
सत्तारुढ दल नेकपामा सरकारले गरेको राजदूतको नियुक्तिको सिफारिसदेखि मन्त्रिपरिषद् पुनर्गठन, कर्णाली विवाद र रअका प्रमुखको नेपाल आगमनसमेतलाई लिएर विवाद हुँदै आएको छ ।
बालुवाटारमा अध्यक्षद्वयबीच सोही विषयमा छलफल भएको भएपनि कुनै सहमति हुन नसकेको हो। बिहीबारको भेटमा पनि प्रचण्डले स्थायी समितिका निर्णयहरु कार्यन्वयन नगरेको पर्सामा नेता चौरसिया मृत्यु प्रकरणमा छानविनका लागि सरकारले तदारुकता नदेखाएको तथा कर्णाली विवादमा समस्या समाधान गर्नुको साटो चर्काउन खोजेको भन्दै असन्तुष्टि जनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
