बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय सेना प्रमुख आउँदा आकाशमा कालो बेलुन, माइतीघरमा कालो झण्डा ! (फोटो/भिडियो)

बुधबार, १९ कात्तिक २०७७, १४ : २३
बुधबार, १९ कात्तिक २०७७

काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे काठमाडौं आउँदा सांकेतिक विरोध गरिएको छ । नेपाल–भारत सीमा विवादमा विवादास्पद अभिव्यक्ति दिएका नरवणेको नेपाल भ्रमणको विरोधमा माइतीघर मण्डलामा २१ वटा साना संघ, संगठनले कालो झण्डासहित प्रदर्शन गरेका छन् । 

यसैगरी ग्रेटर नेपाल नेशनालिस्ट फोरमले ‘नेप्लिज हेट नरवणे, ब्याक अफ इन्डिया’ लेखेको ब्यानर सहित आकाशमा कालो बेलुन उडाएको छ । कालो बेलुन कुन ठाउँबाट उडाइएको थियो भन्ने चाहिँ खुल्न सकेको छैन । 


प्रहरीले ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाल सहितका समूहले विरोध गर्नसक्ने विष्लेषणसहित उनीहरुलाई निगरानी गरिरहेको थियो । 

माइतीघरमा हुने आन्दोलनमा बारम्बार देखिने हेमराज थापा, ज्ञानेन्द्र शाही र फणिन्द्र नेपाललाई नरवणेको भ्रमण अवधिभर निगरानीमा राखिएको नेपाल प्रहरीका एक उच्च अधिकृतले रातोपाटीलाई बताए ।
यसैगरी नरवणेलाई ‘कालो झण्डाले स्वागत गर्नुपर्छ’ भन्ने अभिव्यक्ति दिएका पुण्य गौतलाई प्रहरीले बिहानै पक्रेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप