भारतीय सेना प्रमुख आउँदा आकाशमा कालो बेलुन, माइतीघरमा कालो झण्डा ! (फोटो/भिडियो)
काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे काठमाडौं आउँदा सांकेतिक विरोध गरिएको छ । नेपाल–भारत सीमा विवादमा विवादास्पद अभिव्यक्ति दिएका नरवणेको नेपाल भ्रमणको विरोधमा माइतीघर मण्डलामा २१ वटा साना संघ, संगठनले कालो झण्डासहित प्रदर्शन गरेका छन् ।
यसैगरी ग्रेटर नेपाल नेशनालिस्ट फोरमले ‘नेप्लिज हेट नरवणे, ब्याक अफ इन्डिया’ लेखेको ब्यानर सहित आकाशमा कालो बेलुन उडाएको छ । कालो बेलुन कुन ठाउँबाट उडाइएको थियो भन्ने चाहिँ खुल्न सकेको छैन ।
प्रहरीले ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाल सहितका समूहले विरोध गर्नसक्ने विष्लेषणसहित उनीहरुलाई निगरानी गरिरहेको थियो ।
माइतीघरमा हुने आन्दोलनमा बारम्बार देखिने हेमराज थापा, ज्ञानेन्द्र शाही र फणिन्द्र नेपाललाई नरवणेको भ्रमण अवधिभर निगरानीमा राखिएको नेपाल प्रहरीका एक उच्च अधिकृतले रातोपाटीलाई बताए ।
यसैगरी नरवणेलाई ‘कालो झण्डाले स्वागत गर्नुपर्छ’ भन्ने अभिव्यक्ति दिएका पुण्य गौतलाई प्रहरीले बिहानै पक्रेको छ ।







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आत्मदाह प्रयास गरेका नेपालीको स्वास्थ्य अवस्था चिन्ताजनक, उपचार जारी
-
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६ जनाको नाम सार्वजनिक
-
प्रहरी अधिकृतलाई सरुवा गर्ने धम्की दिएको आरोपमा युवक पक्राउ
-
‘ह्वीललक’को विषयमा महानगर प्रहरीसँग विवाद भएपछि आत्मदाह प्रयास
-
दलाई लामाको जन्मदिनमा बालेन सरकार बदनाम
-
राहदानी विभागले भन्यो– आत्मदाहको प्रयास गर्ने व्यक्ति सेवा लिन आएका थिएनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण