शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय सेना प्रमुख नेपाल आउँदा जे देखियो, विमानस्थलका तस्बिरहरु

बुधबार, १९ कात्तिक २०७७, १३ : ५०
बुधबार, १९ कात्तिक २०७७

प्रधान सेनापति  पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा भारतका स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे तीनदिने औपचारिक भ्रमणको सिलसिलामा बुधबार काठमाडौं आइपुगेका छन् । नरवणेको साथै उनकी धर्मपत्नी तथा भारतीय सेनाको आर्मी भाइब्स वेलफेयर एसोसिएयनकी अध्यक्ष विना पनि आएकी छिन् । 

 उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रभुराम शर्मा लगायतले स्वागत गरेका थिए ।

तीन दिवसीय भ्रमणको क्रममा नरवणेलाई कार्तिक २० गते राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरिने एक समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ । छिमेकी मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीहरुको यस किसिमको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई अझ सुमधुर एवं वृहत्तर पार्न थप मद्दत पुग्ने नेपाली सेनाले विश्वास लिएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप