शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मुकेश हत्या प्रकरणः अझै भएन जाहेरी दर्ता, प्रहरी उपरीक्षक गंगा पन्तको आलोचना

शनिबार, ०८ कात्तिक २०७७, १७ : २८
शनिबार, ०८ कात्तिक २०७७

जिल्ला प्रहरी कार्यालय पर्साले नेकपा पर्साका जिल्ला सदस्य मुकेश चौरसियाको हत्यारा विरुद्ध मुद्दा दर्ता गर्नमा आनाकानी गरिरहेको छ । मृतक चौरसियाको परिवारजन किटानी जाहेरीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा दर्ता गराउन पुग्दा प्रहरीले आलआल गरिरहेको आरोप छ ।

मृतक परिवारजनले किटानी जाहेरी दिदाँ समेत जिल्ला प्रहरी कार्यालय पर्साले दर्ता नगरेपछि नेकपाका नेता तथा कार्यकर्ता धर्नामा बसेका छन् । पीडित परिवारजनले दिएको जाहेरी प्रहरीले लिन अस्वीकार गरेपछि पूर्व उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादव समेतले जिल्ला प्रहरी कार्यालय पर्सा घेराउ कार्यक्रममा सरिक भए ।

शुक्रबार र शनिबार पनि जिल्ला प्रहरी कार्यालय पर्साले जाहेरी नलिँदा पीडित पक्षसहित नेकपा पर्साले धर्ना कार्यक्रमलाई आज पनि निरन्तरता दिएको छ । तर हालसम्म पनि मुद्दा दर्ता भएको छैन ।


नेकपाका रहबर अन्सारी, शम्भु गुप्ता, जयलाल शाह, अहसान अन्सारी र अरुण यादवको अगुवाई तथा नेकपाका केन्द्रिय नेता मातृकाप्रसाद यादव, सुरेन्द्र पाण्डे र गोपाल ठाकुरको उपस्थितीमा पर्सा प्रहरी कार्यालय घेराउ गर्दै मुद्दा दर्ता गर्न दवाव दिएका छन् ।

नेकपाका केन्द्रिय सदस्य गोपाल ठाकुरले सामाजिक सञ्जालमा शपथ ग्रहण कार्यक्रम भन्दा पहिले नै केही गुण्डाहरुले राजनीतिक अपराधी राजकुमार गुप्ताको योजनामा सांघातिक आक्रमण गरेको टिप्पणी गरेका छन् ।

उनले पर्सा प्रहरीप्रति कडा टिप्पणी गर्दै जाहेरीमा गुण्डा नाइके राजकुमारको नाम रहेका कारणले पर्साकी प्रहरी उपरिक्षक गंगा पन्तले जाहेरी लिन नमानेको दाबी गरेका छन् । उनले प्रजिअ, प्रदेश डिआईजीपी, आइजीपी सम्मको निर्देशन अटेर गरेर बसेको देखिएको भन्दै सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप