रुपन्देहीबाट प्रदेश ५ को राजधानी सार्ने निर्णयविरूद्ध काँग्रेस उत्रियो आन्दोलनमा
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले प्रदेश ५ को राजधानी दाङ बनाउने सत्तारुढ नेकपाको प्रस्तावप्रति आपत्ति अनाएको छ । नेपाली काँग्रेस रूपन्देहीका सभापति अब्दुल रज्जाकले शुक्रबार विज्ञप्ति निकालेर सरकारको प्रस्तावविरूद्ध कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन्।
‘संसदीय मर्यादाविपरीत विपक्षी सांसदहरूसँग विना कुनै छलफल र बहुसंख्यक जनताको भावनालाई कुल्चिँदै गरिएको प्रस्तावले हामीलाई निकै स्तब्ध र मर्माहत बनाएको छ। यस्तो प्रस्तावको खिलापमा कडाभन्दा कडा खालका आन्दोलनहरू सञ्चालन गर्ने जानकारीसमेत दिन चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सरकारका पालामा रूपन्देहीलाई प्रदेश ५ को अस्थायी राजधानी तोकिएको उल्लेख गर्दै उनले त्यसबेला उक्त निर्णयको स्वागत गरेका जनतालाई हठात रूपमा आएको यस्तो प्रस्तावले स्तब्ध पारेको सभापति रज्जाकले बताए ।

नेकपा नेतृत्वको वर्तमान सरकारको यो प्रस्तावविरूद्ध आफ्नो स्थानबाट चरणवद्ध आन्दोलनमा उत्रिन जिल्लावासीलाई काँगेसले अपील गरेको छ । काँग्रेसले रूपन्देहीलाई नै राजधानीका लागि थालिएको आन्दोलनबाट हुने क्षतिको जिम्मेवार सरकार हुने काँग्रेसले भनेको छ । यता नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले शुक्रबार नै विरोध प्रदर्शन सुरु गरिसकेको छ ।
प्रदेश सभा अगाडि टायर बालेर अहिले पनि नेविसंघका कार्यकर्ताले बुटवलमा प्रदर्शन गरिरहेका छन्। प्रदेश ५ को राजधानी दाङ बनाउने प्रस्ताव प्रदेशसभामा पेस भएरऔपचारिक छलफल शुरु भएको छ ।
शुक्रबारको प्रदेशसभा बैठकमा आन्तरिक मामिलामन्त्री कुलप्रसाद केसीले दाङ राजधानी र लुम्बिनी नामाकरण गर्ने प्रस्ताव पेस गरेसँगै प्रदेशसभामा औपचारिक रुपमा छलफल शुरु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

