प्रदेश ५ को राजधानी र नामाकरणबारे औपचारिक छलफल शुरु
प्रदेश ५ को राजधानी दाङ बनाउने प्रस्ताव प्रदेशसभामा पेस भएपछि औपचारिक छलफल शुरु भएको छ । आज बसेको प्रदेशसभा बैठकमा आन्तरिक मामिलामन्त्री कुलप्रसाद केसीले दाङ राजधानी र लुम्बिनी नामाकरण गर्ने प्रस्ताव पेस गरेसँगै प्रदेशसभामा औपचारिक रुपमा छलफल शुरु भएको हो ।
आज बसेको प्रदेशसभाको छैटाँै अधिवशेनको २९ बैठकको शुरुमा नै प्रदेश सरकारले तर्फबाट बैठकमा राजधानी र नामाकरण प्रस्ताव अघि बढाइएको थियो । मन्त्री केसीले लामो व्याख्या गर्दै प्रदेशको नाम र राजधानीलाई सबै सहमति टुङ्ग्याउनु पर्ने बताए ।
आज बसेको प्रदेश सभा बैठकमा कार्यसूची हेरफेर गरेर प्रदेशको नाम र राजधानीको प्रस्ताव ल्याएको भन्दै प्रदेशसभामा नेपाली काग्रेस सांसदहरु विरोध गरेका थिए । विरोध लगस्तै सभामुख पूर्णबहादुर घर्ती मगरले कार्यसूची हेरफेर गर्ने अधिकार भएको भन्दै आगामी बैठक असोज १९ गते १२ बजे बस्ने सूचना सुनाएका थिए ।
राजधानी हालकै बुटवलमा राख्ने कि दाङ भन्ने विषयमा सत्तारुढ नेकपामा विवाद रहेको थियो । नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच दाङको भालुवाङमा राजधानी राख्ने सहमति भएपछि सरकारले प्रस्ताव अघि बढाएको एक नेताले बताए ।
राजधानी र नामाकरणका लागि दुई तिहाई मत चाहिन्छ । प्रदेशसभा ८७ जना सदस्य रहेका छन् । यसमध्ये नेकपाका ६१, नेपाली काँग्रेसका १९, राजपाको १, जनमोर्चाको १ र समाजवादी फोरमका ५ सांसद रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब, तस्बिरहरू
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण