बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश ५ को राजधानी र नामाकरणबारे औपचारिक छलफल शुरु

शुक्रबार, १६ असोज २०७७, १५ : १५
शुक्रबार, १६ असोज २०७७

प्रदेश ५ को राजधानी दाङ बनाउने प्रस्ताव प्रदेशसभामा पेस भएपछि औपचारिक छलफल शुरु भएको छ ।  आज बसेको प्रदेशसभा बैठकमा आन्तरिक मामिलामन्त्री कुलप्रसाद केसीले दाङ राजधानी र लुम्बिनी नामाकरण गर्ने प्रस्ताव पेस गरेसँगै प्रदेशसभामा औपचारिक रुपमा छलफल शुरु भएको हो ।

आज बसेको प्रदेशसभाको छैटाँै अधिवशेनको २९ बैठकको शुरुमा नै प्रदेश सरकारले तर्फबाट बैठकमा राजधानी र नामाकरण प्रस्ताव अघि बढाइएको थियो । मन्त्री केसीले लामो व्याख्या गर्दै प्रदेशको नाम र राजधानीलाई सबै सहमति टुङ्ग्याउनु पर्ने बताए ।

आज बसेको प्रदेश सभा बैठकमा कार्यसूची हेरफेर गरेर प्रदेशको नाम र राजधानीको प्रस्ताव ल्याएको भन्दै प्रदेशसभामा नेपाली काग्रेस सांसदहरु विरोध गरेका थिए । विरोध लगस्तै सभामुख पूर्णबहादुर घर्ती मगरले कार्यसूची हेरफेर गर्ने अधिकार भएको भन्दै आगामी बैठक असोज १९ गते १२ बजे बस्ने सूचना सुनाएका थिए ।

राजधानी हालकै बुटवलमा राख्ने कि दाङ भन्ने विषयमा सत्तारुढ नेकपामा विवाद रहेको थियो । नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच दाङको भालुवाङमा राजधानी राख्ने सहमति भएपछि सरकारले प्रस्ताव अघि बढाएको एक नेताले बताए ।

राजधानी र नामाकरणका लागि दुई तिहाई मत चाहिन्छ । प्रदेशसभा ८७ जना सदस्य रहेका छन् । यसमध्ये नेकपाका ६१, नेपाली काँग्रेसका १९, राजपाको १, जनमोर्चाको १ र  समाजवादी फोरमका ५ सांसद रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप