दाजुभाइ मिलेर तीन वर्षसम्म छिमेकी किशोरीमाथि यौनशोषण
बलात्कारजस्तो जघन्य अपराधमा पीडकलाई कडा कानुनी कारवाही नुहँदा पीडित पक्षले एकपछि अर्को पीडा झेल्नुपर्ने, एउटै पीडकबाट धेरैजना पीडित हुनुपरेको जस्ता घटना प्रकाशमा आइरहेका छन् ।
खासगरी ग्रामिण भेगमा अगुवाहरुले बलात्कारका घटनालाई लेनदेनका आधारमा मिलापत्र गराउनाले कतिपय पीडितले न्यायको अनुभूति गर्न नपाएको सरोकारवालाहरु नै बताउँछन् । यसरी मिलापत्र गराउँदा एकातिर पीडकले धनसम्पत्तिको बलमा उन्मुक्ति पाउने गर्दछ र अर्को अपराधका लागि उसले आत्मबल बढाउँछ भने पीडित पक्षले त्यही समाजमा तिरस्कार र दुव्र्यवहार झेल्नुपर्ने अवस्था निम्तिन्छ ।
आफूलाई गाउँका अगुवा ठान्नेहरुले विभिन्न प्रलोभन तथा धाकधम्की दिएर पीडितलाई मिलापत्रका लागि दबाब दिने गरेको पाइन्छ । परिणामस्वरुप कतिपय पीडितले आत्महत्या गरेका उदाहरण पनि छन् ।
बलात्कारका घटनालाई विभिन्न प्रलोभन तथा दबाबमा लुकाउँदा पीडित किशोरी एवं युवती मानसिक रोगी हुने या आत्महत्यासमेत गर्छन् भने कतिपयको सामाजिक अपहेलनका कारण परिवारसहित गाउँबाट उठीबास नै हुन्छ । यसरी पीडितलाई कानुनी कारवाहीबाट उन्मुक्ति दिलाउने गरी मिलापत्र गराउन विभिन्न दलका प्रतिनिधिहरु नै संलग्न रहने गरेको महिला अधिकारकर्मी रिता साह बताउँछिन् ।
कतिपय घटनालाई पीडित पक्षको परिवारले नै बाहिर ल्याउन मान्दैन । समाजमा इज्जत, प्रतिष्ठामा असर पर्छ भन्दै छोरी बलात्कृत भएको घटनालाई कतिपयले लुकाउने गरेको अधिकारकर्मी साहको भनाइ छ । उल्टै आफ्नो छोरीचेलीलाई धाकधम्की दिएर त्यस्ता घटना बाहिर नल्याउन अभिभावकले नै दबाब दिने गरेकोसमेत पाइने उनी बताउँछिन् ।
धनुषा, सरसा–४ मा यादव थरकी किशोरी गाउँकै दुईजना युवा (दाजुभाइ) बाट लगातार तीन वर्षदेखि बलात्कृत हुँदै आइरहेकी थिइन् । गाउँका अगुवाहरुले घटना गुपचुप राख्न पीडित पक्षलाई दबाब दिएपछि पीडित युवती अहिले मानसिक रोगी भएकी छिन् र उसको उपचार भइरहेको छ ।
सप्तरी डाक्नेश्वरीकी अर्की १७ वर्षीय किशोरी गाउँकै युवाबाट बलात्कृत भइन् । गाउँमै सो घटनालाई मिलाउन दबाब पर्यो । बलात्कारीलाई जरिवाना गरेर त्यो घटनालाई जबर्जस्ती दबाउन खोजियो । पीडित पक्षलाई प्रहरीमा गएर उजुरी गर्न पनि रोकियो । अन्ततः ती किशोरीले आत्महत्या गरिन् ।
यी दुई घटना त प्रतिनिधिमुलक मात्र हुन् । तराई मधेशका गाउँघरमा यस्ता घटना दिनदिनै भइरहेका हुन्छन् । त्यसमध्ये थोरै घटनामात्र बाहिर आउँछन्, धेरैजसो घटनालाई भित्रभित्रै दबाउने गरेका पाइन्छ ।
कतिपय घटनालाई पीडित पक्षको परिवारले नै बाहिर ल्याउन मान्दैन । समाजमा इज्जत, प्रतिष्ठामा असर पर्छ भन्दै छोरी बलात्कृत भएको घटनालाई कतिपयले लुकाउने गरेको अधिकारकर्मी साहको भनाइ छ । उल्टै आफ्नो छोरीचेलीलाई धाकधम्की दिएर त्यस्ता घटना बाहिर नल्याउन अभिभावकले नै दबाब दिने गरेकोसमेत पाइने उनी बताउँछिन् ।
कतिपय अवस्थामा गाउँघरमा आफ्नो इज्जत, प्रतिष्ठा बचाउनका लागि आफ्नै छोरीचेलीको हत्या गर्ने गरेको घटना पनि प्रशस्त पाइन्छ ।
गाउँघरमा हुने यस्ता घटनाको अध्ययन गर्ने हो भने प्रायः कमजोर घरपरिवारका चेलीबेटी बढीमात्रामा बलात्कारको शिकार हुने गरेका पाइन्छन् । ठूलाबडा घरका पुरुषले कमजोर, गरिब घरका चेलिबेटीलाई विभिन्न प्रलोभन तथा धाकधम्की दिएर बलात्कार गरेका हुन्छन् । तर गाउँका अगुवाहरु ती गरिब र कमजोर घरपरिवारका पक्षमा नभई उल्टै बलात्कारी पक्षसँग मिलेर त्यस्ता घटना दबाउने गरेको पाइन्छ ।
बलात्कारजस्तो जघन्य अपराधमा यसरी समाजमै लेनदेनका आधारमा मिलापत्र गराउँदा त्यो समाजमा छोरीचेलीहरु आगामी दिनमा असुरक्षित भइरहने खतरा प्रवल हुन्छ । धनसम्बत्ति भएको परिवारका पुरुषले पैसाकै भरमा यस्ता अपराधबाट उन्मुक्ति पाउने हो भने उसले आगामी दिनमा पनि यस्तो गतिविधिलाई निरन्तरता दिने खतरा कायम रहने उनले बताइन् ।
समाजमा हुने सामान्य झैझगडा, कुटपिटजस्ता कतिपय घटनालाई गाउँघरमा मिलाउन सकिन्छ । यस्तो प्रचलन परम्परादेखि चल्दै आएको हो । यस्ता सानातिना घटनालाई लिएर प्रशासनिक झमेलामा पर्नुभन्दा पनि समाजमै दण्ड–जरिवाना, सजाय तोकेर मिलाउनु उचित ठान्ने प्रचलन पनि छ ।
तर कुन घटना समाजमै मिलापत्र गराउन हुन्छ र कुन घटनालाई प्रशासनिक निकायमा लैजानुपर्छ भन्नेमा ध्यान दिनुपर्ने अधिकारकर्मी साह बताउँछिन् ।
उनका अनुसार बलात्कारजस्तो जघन्य अपराधमा यसरी समाजमै लेनदेनका आधारमा मिलापत्र गराउँदा त्यो समाजमा छोरीचेलीहरु आगामी दिनमा असुरक्षित भइरहने खतरा प्रवल हुन्छ । धनसम्बत्ति भएको परिवारका पुरुषले पैसाकै भरमा यस्ता अपराधबाट उन्मुक्ति पाउने हो भने उसले आगामी दिनमा पनि यस्तो गतिविधिलाई निरन्तरता दिने खतरा कायम रहने उनले बताइन् ।
बलात्कारपछि मानसिक रोगी
धनुषा सरसाकी १७ वर्षीय किशोरी १४ वर्षको उमेरदेखि नै भरतमान श्रेष्ठ र राममान श्रेष्ठबाट बलत्कृत हुँदै आइरकी थिइन् । भरतमान श्रेष्ठ र राममान श्रेष्ठ दाजुभाइ हुन् । पीडित किशोरीकी छिमकीसमेत रहेका उनीहरुले सुरुमा विभिन्न प्रलोभनमा पारे । उनीहरुले कहिले पैसा दिएर, कहिले खानेकुरा दिएर, कहिले लुगाफाटो दिएर ललाइ फकाइ बलात्कार गर्दै आइरहेका थिए ।
पछि ती किशोरी बिरामी भइन् । उनी घरका कुनामा लुकेर बस्न थालिन् । भिडभाडमा जान र केटा मान्छेलाई देखेपछि डराउन थालिन् । उनको व्यवहारमा यो खालको परिवर्तन आएपछि उनका आमाबुवाले ‘भुत लाग्यो कि’ भनेर धामी झाँक्रीलाई देखाएर झारफुक पनि गर्न लगाए ।
यो घटनालाई सार्वजनिक गरेकी सामाजिक अभियन्ता गुञ्जा राय भन्छिन्, ‘केटीले पछि मान्न छोडिन्, अनि उनलाई ती केटाहरुले डरधम्की दिन थाले । काटेर फ्यालिदिन्छु, तिम्रा आमाबुवालाई पनि मार्दिन्छु भन्दै डरधम्की दिएर पटक पटक बलात्कार गरेका थिए उनीहरुले ।’
पछि ती किशोरी बिरामी भइन् । उनी घरका कुनामा लुकेर बस्न थालिन् । भिडभाडमा जान र केटा मान्छेलाई देखेपछि डराउन थालिन् । उनको व्यवहारमा यो खालको परिवर्तन आएपछि उनका आमाबुवाले ‘भुत लाग्यो कि’ भनेर धामी झाँक्रीलाई देखाएर झारफुक पनि गर्न लगाए ।
झारफुकबाट पनि निको नभएपछि उनलाई अस्पताल लगियो । विराटनगरमा लगेर उपचार गर्दा पनि खासै सुधार भएन । अनि अर्को डाक्टरलाई देखाउन भन्दै परिवारले उनलाई धरान लग्यो । धरानका डाक्टरले सबै जाँच गर्दै गएपछि केटीले नै आफू पटक पटक बलात्कारको शिकार भएको खुलासा गरेकी थिइन् ।
केटीले सबै कुरा डाक्टरलाई भनेपछि मात्र त्यो कुरा बाहिर आएको अभियन्ता रायले बताइन् । डाक्टरको माध्यमबाट त्यो कुरा बाहिर आएपछि पनि पीडित किशोरीको बुवाले घटना लुकाउन खोजे । बलात्कारमा संलग्न श्रेष्ठ दाजुभाइलाई अहिलेसम्म जे भए पनि अब आइन्दा त्यस्तो नगर्नू भनेर किशोरीका बुवाले सम्झाए ।
त्यही बीचमा पीडित किशोरीको आमालाई उपचारका लागि जनकपुर लग्नुपर्ने भयो । उपचारकै क्रममा जनकपुरमा एक महिना समय लाग्यो । घरमा भाउजुसँग एक्लै रहकी ती किशोरीसँग ती पीडक फेरि नजिकिन थाले । एक दिन त पीडित किशोरीकी भाउजुले नै फेला पारिन् ।
जनकपुरबाट उपचार गरेर फर्केपछि पीडित किशोरीका आमाबुवाले पनि घटनाबारे थाहा पाए । त्यसपछि सिधै उनीहरु पीडकको घरमै गएर झगडा गर्न थाले ।
तर गाउँका अगुवा भनाउँदाहरुले उल्टै आफ्नो परिवारलाई पीडा दिएको उनले सुनाए । ‘छोरीको बलात्कार भएको छ, त्यसको बदलामा पीडकलाई माफी माग्न लगाएर छोड्ने कुरा गरे,’ उनले भने, ‘आइन्दा मेरा घरमा त्यस्तो कुनै घटना भयो भने त्यसको जिम्मेवारी तिमीहरुले नै लिनुपर्छ भन्दा उनीहरु मानेनन्, त्यसपछि न्यायका लागि प्रहरीमा जान हामी बाध्य भयौं ।’
‘मैले घरको इज्जत हो, किन बाहिर ल्याउने, किन बदनाम हुने, जे हुनु थियो भइगो भनेर त्यसअघि मन बुझाइसकेको थिएँ,’ पीडितका बुवाले भने, ‘तर हामी घरमा नभएको बेला उनीहरुले फेरि जवर्जस्ती गरे । त्यसपछि म उनीहरुकै घरमा गएर झगडा गरेँ, गाली पनि गरेँ, पछि मैले गाउँमा पञ्चायत बसाएँ । समाजसँग न्याय मागेँ ।’
तर गाउँका अगुवा भनाउँदाहरुले उल्टै आफ्नो परिवारलाई पीडा दिएको उनले सुनाए । ‘छोरीको बलात्कार भएको छ, त्यसको बदलामा पीडकलाई माफी माग्न लगाएर छोड्ने कुरा गरे,’ उनले भने, ‘आइन्दा मेरा घरमा त्यस्तो कुनै घटना भयो भने त्यसको जिम्मेवारी तिमीहरुले नै लिनुपर्छ भन्दा उनीहरु मानेनन्, त्यसपछि न्यायका लागि प्रहरीमा जान हामी बाध्य भयौं ।’
प्रहरीमा जान तयार भएपछि केटीको घरपरिवारलाई विभिन्न प्रलोभन तथा धाकधम्की आउन थाल्यो । पैसा दिएर त्यो घटनालाई दबाउन अनेक प्रयास भएको अभियन्ता राय बताउँछिन् ।
पीडित किशोरीका बुवा भन्छन्, ‘यो घटनालाई अगाडि बढायौँ भने गाउँमा बस्न मुस्किल हुन्छ, सबै नाश हुन्छ भन्नेसम्मको धम्की आयो । मेरो छोरीलाई तीन वर्षसम्म बलात्कार भयो, मेरो इज्जत नाश भइसक्यो, अब नाश हुन के नै बाँकी छ र ? तिमीहरुलाई जे जे गर्नुछ गर, म न्यायका लागि अगाडि बढ्छु भनेर मैले पनि उनीहरुलाई भनेँ ।’
तैपनि केटा पक्षबाट घटनालाई दबाउन निकै प्रयास भयो । प्रहरीमा उजुरी पर्यो । किटानी उजुरी दिए पनि प्रहरीले दर्ता गर्न आनाकानी गरेको अभियन्ता रायले बताइन् । ‘धनुषा प्रहरीमा निकै धाउँदा पनि प्रहरीले दर्ता गर्न मानेन,’ उनले भनिन्, ‘मैले यो मुद्दामा हात हालेको थाहा पाएर गाउँका अगुवा भनाउँदाहरुले मलाई पनि धम्की दिन थाले । गाडी भरीभरी मान्छेहरु मेरो घरमा आउन थाले, धम्की दिन थाले तर म पछि हटिनँ अन्ततः त्यो मुद्दा दर्ता भयो । वारेन्ट पनि जारी भएको छ तर प्रहरीले हालसम्म ती केटाहरुलाई पक्राउ गरेको छैन ।’
पीडित किशोरीका बुवाले गाउँका मान्छेहरुबाट अहिले पनि मुद्दा फिर्ता लिन दबाब आइरहेको बताए । ‘विभिन्न प्रलोभन दिइरहेका छन् तर मैले कसैको कुरा सुनेको छैन,’ उनले भने, ‘प्रहरीमा उजुरी गरेको छु, तर हालसम्म ती केटाहरुलाई पक्राउ गरिएको छैन । केटाहरु गाउँमा घुमिरहेका छन् ।’
यो घटनामा ठूलै पार्टीका ठूलै नेताहरु लागेको उनको भनाइ छ । प्रहरीलाई पनि राजनीतिक दबाब आइरहेको उल्लेख गर्दै उनले भने, ‘अन्त्यसम्म न्यायका लागि लड्नेछु ।’
पीडित किशोरी अझै मानसिक समस्याबाट मुक्त भएकी छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दैलेख बस दुर्घटना अपडेट : ८ जना घाइते
-
उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा थप गरिएका सदस्यलाई कार्यादेश प्रदान
-
मन्त्रिपरिषद् निर्णय : ‘उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग’ मा सदस्य थप
-
अमेरिकामा अडानीविरुद्ध पक्राउ पुर्जी जारी गरेको पुष्टि
-
प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट
-
पत्रकार आचार्यलाई धम्क्याएको घटनाप्रति महासङ्घको ध्यानाकर्षण