शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बेयर ग्रिल्ससँग मिलेर अक्षय कुमारले बनाए इतिहास

शुक्रबार, ०९ असोज २०७७, १० : १०
शुक्रबार, ०९ असोज २०७७

बलिउड फिल्म अभिनेता अक्षय कुमार हालै शो ‘इन टु द वाइल्ड विथ बेयर ग्रिल्स’ मा देखिएका थिए । यो शो अहिलेसम्मको सबैभन्दा धेरै पटक हेरिएको टिभी शोको बनेको छ । इन टु द वाइल्स विथ बेयर ग्रिल्सको अक्षय कुमार भएको एपिसोड १४ सेप्टेम्बर २०२० मा प्रसारण भएको थियो । यो शो वर्षको सबैभन्दा धेरै पटक हेरिएको टिभी शो बनेको छ ।

 यो शोलाई यसै वर्ष जनवरीमा कर्नाटकको बान्दीपुर टाइगर रिजर्वमा सुट गरिएको थियो । यो शोले इतिहासमा अहिलेसम्म धेरैपटक हेरिएको कार्यक्रमको सूचीमा दोस्रो स्थान ओगटेको छ । अक्षय कुमार भएको इन टु द वाइल्ड विथ बेयर ग्रिल्स कार्यक्रम इन्फोटेनमेन्ट जनरामा सर्वाधिक हेरिएको दोस्रो शो बनेको हो । यसले २४ लाख इन्प्रेशन पाएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदी र सुपरस्टार रजनीकान्तपछि अक्षय यो शोमा समावेश भएका तेस्रो भारतीय हुन् ।

यस्तै डिस्कभरी नेटवर्क च्यानलले यसको प्रिमियरमा लगभग १.१ करोडले हेरेका थिए । डिस्कभरी नेटवर्क च्यानलमा पहिलो हप्तामा लगभग २.६ करोडले शो हेरेका थिए । शोलाई सोसल मिडियामा #KhiladiOnDiscovery सहित १.३१ बिलियन व्यक्ति माझ पुग्यो र २.९ बिलियन इम्प्रेशन प्रदान गरेर शोका लागि ठूलो चर्चाको विषय बन्यो । अक्षय कुमारलाई शोमा डोरीमा हिँडेको र एक अग्लो रुख चढेको देख्न सकिन्छ भने उनलाई एक हार्नेस बनाइरहेको पनि हेर्न सकिन्छ । उनले डोरीले बनाएको भर्याङ चढ्ने नयाँ तरिका सिके र केही साहसिलो स्टन्ट पनि गरे । अक्षयले शोमा आफ्नो बाल्यकालको स्मरण बेयर ग्रिल्ससँग साझा गरे ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप