अक्षय कुमारको खुलासाः ‘सधैं गहुँत पिउँछु’

बलिउड अभिनेता अक्षय कुमारले आफूले दैनिक रुपमा गहुँत पिउने गरेको खुलासा गरेका छन् ।
अक्षयले ‘इन टु द वाइल्ड’ को आफ्नो विशेष एपिसोडको विषयमा कार्यक्रम प्रस्तोता बेयर ग्रिल्ससँग एक इन्स्टाग्राम लाइभ सेसनमा भाग लिएका बेला सो कुराको खुलासा गरेका हुन् ।
धेरैजसो मानिसलाई हात्तीको गोबरबाट बनेको पेय पर्दाथ पिउन एउटा चुनौती लाग्न सक्छ तर अक्षयका लागि यो सामान्य कुरा थियो । यसबारे ग्रिल्सले तपाईंको यो कसरी गर्न सक्नुभयो भनेर प्रश्न सोधेका थिए ।
यो प्रश्नको जवाफमा अक्षयले भने, ‘आयुर्वेदिक कारणले म दैनिक गहुँत पिउँछु त्यसैले यो मेरो लागि रत्तिभर पनि कठिन थिएन । ’
यसबारे बेयरले भने, ‘मेरो कार्यक्रममा आउने थुप्रै पाहुनाले यस्तो गर्न सक्दैनन् । जब मानिसहरु चर्चित हुन्छन् तब उनी आफ्नो कम्फर्ट जोनबाट बाहिरको काम गर्न बन्द गर्छन् किनभने उनीहरु कमजोर देखिन डराउँछन् तर अक्षय कुनै पनि कुराका लागि तयार थिए ।’
‘इन टु द वाइल्ड’ को यो एपिसोड ११ सेप्टेम्बरमा डिस्कभरी प्लमिा प्रसारित हुनेछ र १४ सेप्टेम्बरमा डिस्कभरी च्यानलमा प्रसारित हुनेछ । यो वर्षको सुरुवातमा मैसुरुको बान्दीपुर टाइगर रिजर्भमा यसको सुटिङ गरिएको थियो ।
अक्षय कुमारले आफ्नो आगामी फिल्म ‘बेल बटम’ को सुटिङका लागि स्कटल्याण्ड गएका छन् । यो फिल्ममा लारा दत्ता र वाणी कपुर पनि छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘नो केबलकार समूह’ लाई फेरि वार्तामा बोलायो सरकारले
-
नेतृत्व टीम नबदलिएसम्म पार्टी निर्माण हुन सक्दैन : जनार्दन शर्मा
-
सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिप मंगलबारदेखि
-
ऊर्जाराज्यमन्त्री भन्छन्– कुलमानलाई हटाउन हुँदैन
-
रिंकुकुमारीको न्यायका लागि अखिल क्रान्तिकारीले गर्यो माइतीघरमा प्रदर्शन (तस्बिरहरु)
-
प्रहरी कुट्ने अखिलका नेता जोशीसहित ५ जनालाई धरौटीमा रिहा गर्न आदेश