शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

उपत्यकामा ६१८ जना कोरोना संक्रमित थपिए, देशभर कुन जिल्लामा कति (विवरणसहित)

बिहीबार, ०१ असोज २०७७, १६ : ४३
बिहीबार, ०१ असोज २०७७

काठमाडौं उपत्यकामा बिहीबार थप ६१८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ५०७, भक्तपुरका ५० र ललितपुरका ६१ गरी थप ६१८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसअघि बुधबार उपत्यकामा ६७६ जनामा संक्रमण पुष्टि भएको थियो । पछिल्लो समय उपत्यकामा कोरोना संक्रमितको संख्या दिनहुँ बढिरहेका छन् । 

यसैगरी बितेको २४ घण्टामा उपत्यकासहित देशभर १२४६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । यस्तै बितेको २४ घण्टामा १२ सय ४३ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । हालसम्म संक्रमण मुक्त हुनेको संख्या ४२ हजार ९४९ पुगेको पनि गौतमले बताए । 

आज देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २४१ रहेको छ । यस्तै आज थप ४ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ३८३ पुगेको छ । 

 


आजको कोरोनासम्बन्धी अध्यावधिक विवरण

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप