सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

२४ घण्टामा देशभर १२४६ कोरोना संक्रमित थपिए

बिहीबार, ०१ असोज २०७७, १६ : २६
बिहीबार, ०१ असोज २०७७

बितेको २४ घण्टामा देशभर १२४६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । यससँगै देशभर संक्रमितको कुल संख्या ५९,५७३ पुगेकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  यस्तै बितेको २४ घण्टामा १२ सय ४३ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।

हालसम्म संक्रमण मुक्त हुनेको संख्या ४२ हजार ९४९ पुगेको पनि गौतमले बताए । आज देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २४१ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ७ जहार ९०३ र होम आइसोलेशनमा ८ हजार ३३८ जना रहेका छन् । यस्तै आज पीसीआर १० हजार ६४१ जनाको भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेकाे कुल संख्या ३८३ पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप