शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अब नेकपा सचिवालयका सबै सदस्य संघीय सांसद

बिहीबार, ०१ असोज २०७७, १५ : २३
बिहीबार, ०१ असोज २०७७

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सबै (नौ जना) सदस्य संघीय संसद सदस्य भएका छन् । उपाध्यक्ष वामदेव गौतमलाई सरकारको सिफारिसमा बिहीबार राष्ट्रपतिले मनोनय गरेसँगै नेकपा सचिवालयका सबै ९ जना सदस्य संघीय संसद बनेका हुन् । 

नेकपाको हेडक्वार्टर मानिने ९ सदस्यीय सचिवालयका सदस्यमध्ये ३ जना राष्ट्रिय सभा र ६ जना प्रतिनिधि सभा सदस्य हुन् । उपाध्यक्ष गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र सदस्य रामबहादुर थापा राष्ट्रिय सभा सदस्य हुन् भने अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा महासचिव विष्णु पौडेल प्रतिनिधि सभाका सदस्य हुन् । 

त्यस्तै वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल र नेता ईश्वर पोखरेल पनि प्रतिनिधि सभामा निर्वाचित भएर आएका सदस्य हुन् ।  


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप