वामदेव बने राष्ट्रियसभा सदस्य, ४ बजे सपथ
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्यमा मनोनित भएका छन् । गौतमलाई राष्ट्रपति भण्डारीले बिहीबार राष्ट्रियसभा सदस्य मनोनित गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति भण्डारीलेसंविधानको धारा ८६ को उपधारा २ को खण्ड ख बमोजिम गौतमलाई मनोनित गरेकी हुन् ।
गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्न सिफारिस गरेको थियो । राष्ट्रपतिले गौतमलाई मनोनित गरेसँगै बिहीबार ४ बजे गौतमले राष्ट्रिय सभा सदस्यको सपथ लिने तयारी भएको राष्ट्रिय सभा अध्यक्षका प्रेस संयोजक अशोक पौडेलले रातोपाटीलाई जानकारी दिए ।
नेकपाको भदौ १८ गते बसेको सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको थियो । पहिला संविधान संशोधन नगरी राष्ट्रिय सभामा नजाने बताएका गौतम पछि पुनः जान तयार भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनभावना विपरीतकाे अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन : पोखरेल
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
-
रास्वपा कर्णाली प्रदेशको अधिवेशन सुरु हुँदै, सभापतिका आकाङ्क्षी चार जना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण