अपडेट : महामन्त्री कोइरालाको स्वास्थ्य स्थिर, आईसीयूभित्रको आइसोलेसनमा

काठमाडौं । ओम हस्पिटल एन्ड रिसर्च सेन्टरले नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी गराएको छ । अस्पतालका प्रबन्ध सञ्चालक बाबुकाजी श्रेष्ठले बुधबार प्रेस विज्ञप्ति जारी गरेर महामन्त्री कोइरालाको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिएका हुन् ।
श्रेष्ठका अनुसार अस्पतालका मेडिकल डाइरेक्टरसमेत रहेका सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा. विश्वनाथ कोइरालाको नेतृत्वमा रहेको चिकित्सकीय टोलीले महामन्त्री कोइरालाको उपचार गरिरहेको छ । महामन्त्रीको उपचारमा डा. कोइरालासँगै सिनियर कन्सल्ट्यान्ट पल्मोनोलाजिस्ट डा. सुबोधसागर ढकाल, कन्सल्ट्यान्ट इन्टेन्सिभस्ट डा. प्रमेशसुन्दर श्रेष्ठलगायतको टिम संलग्न छ ।
प्यारासिटामोल दिएर आईसीयूभित्रको आइसोलेसनमा चिकित्सकीय निगरानीमा राखिएको छ । कोइरालाका स्वकीय सचिव भरत तिवारीका अनुसार निमोनियाको शंका लागेपछि मंगलबार साँझ ८ बजे कोइरालालाई अस्पताल भर्ना गरिएको थियो ।
महामन्त्री कोइरालालाई भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।