केन्द्रीय संस्करण

अपडेट : महामन्त्री कोइरालाको स्वास्थ्य स्थिर, आईसीयूभित्रको आइसोलेसनमा

person explore access_timeभदौ ३१, २०७७ chat_bubble_outline0
फाइल तस्विर

काठमाडौं । ओम हस्पिटल एन्ड रिसर्च सेन्टरले नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी गराएको  छ । अस्पतालका प्रबन्ध सञ्चालक बाबुकाजी श्रेष्ठले बुधबार प्रेस विज्ञप्ति जारी गरेर महामन्त्री कोइरालाको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिएका हुन् ।

श्रेष्ठका अनुसार अस्पतालका मेडिकल डाइरेक्टरसमेत रहेका सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा. विश्वनाथ कोइरालाको नेतृत्वमा रहेको चिकित्सकीय टोलीले महामन्त्री कोइरालाको उपचार गरिरहेको छ   । महामन्त्रीको उपचारमा डा. कोइरालासँगै सिनियर कन्सल्ट्यान्ट पल्मोनोलाजिस्ट डा. सुबोधसागर ढकाल, कन्सल्ट्यान्ट इन्टेन्सिभस्ट डा. प्रमेशसुन्दर श्रेष्ठलगायतको टिम संलग्‍न छ । 

प्यारासिटामोल दिएर आईसीयूभित्रको आइसोलेसनमा चिकित्सकीय निगरानीमा राखिएको छ ।  कोइरालाका स्वकीय सचिव भरत तिवारीका अनुसार निमोनियाको शंका लागेपछि मंगलबार साँझ ८ बजे कोइरालालाई अस्पताल भर्ना गरिएको थियो । 

महामन्त्री कोइरालालाई भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।


रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.