केन्द्रीय संस्करण

अनेरास्ववियुका संयोजक महरको दोहोरो चरित्र किन ?

person explore access_timeभदौ ३१, २०७७ chat_bubble_outline0

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुका संयोजक ऐन महरको दोहोरो चरित्र देखिएको छ । कोरोना भाइरसको उपचार तथा नियन्त्रणमा सरकारले गरेका कामकारवाही पारदर्शी नभएको सवत्र जनगुनासो बढिरहेका बेला महरले भने आलोचना गर्ने राजनीतिक दल, विभिन्न सामाजिक संघ संगठन र सर्वसाधारणलगायतको भावना विपरित सरकारको एकोहोरो भक्तिभाव गाएर आलोचना गर्नेहरुलाई नै गाली वर्षाउँदै आएका छन् । 
कोरोनासम्बन्धी व्यवस्थापनमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालमाथि सर्वसाधारणले प्रश्न गरिरहेका बेला महरले भने ढकाललाई ‘हिरा’ भनेर उपमा समेत दिए । ‘भानुभक्त ढकाल हिरा हुन् ! किराहरुले जति फोहोर ल्याएर छोप्न खोजेपनि हिरा चम्किन छाड्ने छैन र एकदिन हिरा नै भएको प्रमाणित गर्नेछ’, महरले मन्त्री ढकालको बचाउ गर्दै केही समयअघि आफ्नो फेसबुक वालमा लेखेका थिए । 

त्यस्तै उनले ‘अहिले कोरोना भाइरसका विरुद्ध घरमै बसेर लडिरहेका छौँ, भुस्याहा कुकुर र गिद्धहरुको हिसावकिताव मैदानमा गरौँला’ भनेर तल्लोस्तरको गालीगलोज समेत सामाजिक सञ्जालमार्फत गरेका छन् । एउटा जिम्मेवार पार्टीको जिम्मेवार संगठनमा रहेको व्यक्तिले प्रयोग गरेका शव्दहरु कति तल्लोस्तरका छन् भन्ने उनले प्रयोग गरेका शव्दहरुबाटै प्रष्ट हुन्छ । यसो त उनले सामाजिक सञ्जाल र अन्य माध्यममा आफ्नो धारणा राख्दा मर्यादाको ख्याल नगरेको भनेर आलोचना समेत हुने गरेको छ । 


यसैबीच क्रियाशिल विभिन्न संयुक्त विद्यार्थी संगठनका तर्फबाट जारी मंगलबार एक विज्ञप्ति जारी गरियो । कोरोना भाइरस कारण तत्काल नियन्त्रण नहुने भएकाले विद्यार्थीहरुको पठनपाठन तथा परीक्षा वैकल्पिक माध्यमबाट गर्न आग्रह मात्रै गरिएको छैन कोरोना भइरस नियन्त्रणका लागि औषधि खरिद, क्वारेन्टिन र अन्य व्यवस्थापनमा अनियमितता भएको समेत ठहर गरिएको छ । 

अनियमितता र भ्रष्टाचार छानविन गरी संलग्नहरुलाई कारवाही गर्न माग गरिएको उक्त विज्ञप्तिमा महरको समेत हस्ताक्षर रहेको छ । तल्लोस्तरमा टिकाटिप्पणी गरेर सरकार र आफूनिकटका नेताहरुको बचाउमा उत्रिने महरले अहिलेचाहिँ कोरोना नियन्त्रणमा भएको भ्रष्टाचारको छानबिन गर्न माग गरिएको विज्ञप्तिमा हस्ताक्षर किन गरे भन्दै विद्यार्थीहरुमाझ चर्चाको विषय बनेको छ ।  अनेरास्ववियूका एक नेताले महरको यो दोहोर चरित्र भएको भन्दै विगतमा भएका आक्रमक टिप्पणी गलत भएको अहिले आफै पुष्टि भएको प्रतिक्रिया दिए । 


रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.