एमसीसीबारे नेकपा : राष्ट्रिय हीत केन्द्रमा राखिने
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले मिलेनियम च्यालेञ्ज (एमसीसी) कम्प्याक्ट सम्झौताबारे थप स्पष्ट पारिएको छ । नेकपाले सोमबार जारी गरेको आन्तरिक सर्कुलरमा अमेरिकासँग त्यस्तो सम्झौता गर्दा राष्ट्रिय हीतलाई प्राथमिकतामा राखिने कार्यकर्तालाई स्पष्ट पारिएको छ ।
‘नेपाल सरकार र अमेरिकी सरकारको संस्था मिलेनियम च्यालेञ्ज कर्पोरेशन बीच सन् २०१७ मा सम्पन्न भएको मिलेनियम च्यालेञ्ज कम्प्याक्ट सम्झौता यतिबेला संसदमा अनुमोदनको लागि विचाराधीन अवस्थामा छ । उक्त सम्झौताका सम्बन्धमा निर्णयमा पुग्नु अघि आवश्यक अध्ययन गरी सुझावसहितको प्रतिवेदन प्रस्तुत गर्न केन्द्रीय कमिटीको दोस्रो बैठकबाट कार्यदल गठन गरिएको थियो । कार्यदलले आफ्नो प्रतिवेदन प्रस्तुत गरिसकेको छ । मिलेनियम च्यालेञ्ज कम्प्याक्ट सम्झौता र सो सम्बन्धी कार्यदलको प्रतिवेदन उपर स्थायी कमिटी र सचिवालयमा छलफल गरिन्छ । उक्त सम्झौतालाई राष्ट्रिय हीतमा स्पष्ट पार्दै आवश्यकता अनुसार परिमार्जन र संशोधन गरी अनुमोदन गरिन्छ ।’ सर्कुलरमा भनिएको छ ।
नेकपाभित्र एमसीसीको विषयमा चर्को विवाद रहँदै आएको छ । विवादकै कारण लामो समययता एमसीसीको विषय संसदमा विचाराधीन अवस्थामा रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकलिस्टमा परेकी महिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ
-
युक्रेनद्वारा क्यास्पियन सागरमा जहाजमाथि आक्रमण, रुसले भन्यो इरानमाथिको आक्रमण
-
शक्तिशाली भूकम्पमा परेर जापानमा कम्तीमा ५० जना घाइते
-
सत्ताकेन्द्रित सहकार्य होइन, सिद्धान्त र विचार मिल्नेहरूसँग एकता
-
सुनसरी घटनामा सरकारसँग जेनजी अभियन्ताको ५ बुँदे माग
-
भारतीय क्रिकेट टोलीका सहायक प्रशिक्षकले दिए राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

