बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

उपत्यकामा थपिए ५१२ कोरोना संक्रमित, देशभर कुन जिल्लामा कति ? (विवरणसहित)

सोमबार, २९ भदौ २०७७, १६ : ३६
सोमबार, २९ भदौ २०७७

काठमाडौं । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा ५१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ४४०, भक्तपुरमा ४३ र ललितपुर २९ गरी जम्मा ५१२ जनामा संक्रमण पुष्टि भएको हो ।
 यस्तै बितेको २४ घण्टामा काठमाडौंसहित देशभर भने ११७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्रा डा जागेश्वर गौतमले हालसम्म कोरोना संक्रमितको कुल संख्या ५५ हजार ३२९ पुगेको बताए । 

उनका अनुसार हाल देशभर सक्रिय संक्रमित १५ हजार ३९३ जना रहेको छ ।  यस्तै बितेको २४ घण्टामा ८८९ जना संक्रमणमक्त भएका छन् भने यससँगै निको हुनेको कुल संख्या ३९ हजार ५७६ पुगेको छ । 

बितेको २४ घण्टामा १०,८७८ जनाको पीसीआर भएको छ भने हालसम्म कुल ८ लाख ५१ हजार ४०५ जनाको पीसीआर भएको छ ।यस्तै पछिल्लो २४ घण्टामा १५ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ३६० पुगेको मन्त्रालयले जनाएको छ । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप