शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भक्तपुरमा ३ जनाको शंकास्पद मृत्यु, घटनास्थलमा यस्तो देखियो (तस्बिरहरु)

शुक्रबार, २६ भदौ २०७७, २१ : २४
शुक्रबार, २६ भदौ २०७७

भक्तपुरमा एकै परिवारका तीन जनाको रहस्यमय मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धान सुरु गरेको छ। घटनास्थलमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), अपराध महाशाखाको टोली र भक्तपुर प्रहरी पुगेर अनुसन्धान सुरु गरेको हो ।

शुक्रबार साँझ भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–९ निकोसेराका सुदीप अधिकारी उनकी श्रीमती सुशीला अधिकारी र छोरा सुशान्तको शव मृत फेला परेका थियो । साथै एउटा कुकुर पनि मरेको अवस्थामा भेटिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले रातोपाटीलाई जानकारी दिए । 

प्रहरीका अनुसार केही दिन पहिले नै घटना भएको देखिन्छ । मृतकका शव गन्हाएको अवस्थामा फेला परेको छ । उनीहरुको हत्या भएको हुनसक्ने प्रहरीले जनाएको छ । 

घटनास्थलका तस्बिरहरु:


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप