भक्तपुरमा घरभित्र ३ जनाको शव भेटियो, हत्याको आशंका
शुक्रबार, २६ भदौ २०७७, १९ : ०९

काठमाडौँ । भक्तपुरमा एउटै घरमा तीन जनाको शव भेटिएको छ । प्रहरीका अनुसार एकाघरमा श्रीमान, श्रीमती र छोराको शव भेटिएको हो ।
शुक्रबार साँझ भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–९ निकोसेराका सुदीप अधिकारी उनकी श्रीमती सुशीला अधिकारी र छोरा सुशान्तको शव मृत फेला परेका हो ।
साथै एउटा कुकुर पनि मरेको अवस्थामा भेटिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले रातोपाटीलाई जानकारी दिए ।
भक्तपुरको मध्यपुर थिमी नगरपालिका– ९ निकोसेरामा तीन जनाको शव गन्हाएको अवस्थामा भेटिएको एसएसपी थापाले पुष्टि गरे ।
उनीहरुको हत्या भएको हुनसक्ने प्रहरीले जनाएको छ ।
अहिले घटनास्थलमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), अपराध महाशाखाको टोली र भक्तपुर प्रहरी पुगेर अनुसन्धान सुरु गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजावादीको पहिलो चरणको आन्दोलन सम्पन्न, बैठक आह्वान
-
सरकार यातायात व्यवसायीकाे पक्षमा उभिएपछि राइडर्सहरू रूष्ट, आन्दोलनको चेतावनी
-
नामीद्वारा ४० देशमा १२ हजारभन्दा बढी जेएफ–एस ३ युनिट निर्यात
-
चन्द्रकला शाहलाई दीर्घ साधना कलाकारिता सम्मान प्रदान
-
देउवा र प्रचण्डलाई प्रधानमन्त्री ओलीको कुर्सी ‘सेयरिङ’को सन्देश के ?
-
ऊर्जा क्षेत्रको समस्या समाधानमा सरकार प्रतिबद्ध छ : ऊर्जामन्त्री