शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

धरानमा युवतीको रहस्यमय मृत्यु प्रकरण :  चारजना पक्राउ

बुधबार, २४ भदौ २०७७, १८ : २०
बुधबार, २४ भदौ २०७७

धरान उपमहानगरपालिका–११ की २२ वर्षीया युवतीको रहस्यमय मृत्यु प्रकरणमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । भदौ २२ मा सोनी हाङ्मा लिम्बु आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी थिइन् ।

पक्राउ पर्नेहरुमा ६१ वर्षीय भीम माबो, २८ बर्षीया सन्जु माबो, २५ बर्षीया विमला माबो र २० वर्षीय हेमकुमार माबोलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डीएसपी ज्ञानेन्द्र बस्नेतले बताए ।

सोनी आफ्नै कोठाको पंखामा झुन्डिएको भनी प्रहरीलाई खबर गरेपनि प्रहरी पुग्दा झुन्डिएको अवस्थामा शव भेटिएको थिएन । सोनीको शव झुण्डिएको अवस्थामा नभेटिएर खाटमा राखिएको अवस्थामा भेटिएको थियो ।

केही महिनाअघि सोनीले धरानका आइत माबोसँग भागेर विवाह गरेकी थिइन् । सोनीको माइती पक्षले उनको मृत्यु रहस्यमय भएको भन्दै इलाका प्रहरी कार्यालय धरानमा मंगबलार किटानी जाहेरी दिएको थियो ।

सोही जाहेरीको आधारमा केटाबा बुबा भीमसहित ४ जनालाई पक्राउ गरिएको डीएसपी बस्नेतले बताए । उनले भने, ‘पक्राउ परेका उनीहरूलाई भोलि जिल्ला अदालत सुनसरीमा म्याद थप गर्ने तयारी गरिरहेका छौं ।’

विवाह गरेर मृतकका श्रीमान सिंगापुर फर्किसकेको अवस्थामा परिवारले युवतीलाई मानसिक तनाव दिएको र परिवारमा मनमुटाव रहेको माइती पक्षको दाबी छ ।

केटाको परिवारले केटीलाई नस्वीकारेको माइती पक्षको आरोप छ । यस्तो समयमा यस्तो घटना घट्नु रहस्यमय भएको भन्दै माइती पक्षले केटा पक्षलाई पक्राउ गरी अनुसन्धान गर्न माग गरेका थिए ।

मृतक सोनीको शरीरमा रातो रातो डामहरू देखिएपनि अन्य चोटपटक भने देखिएको छैन । मृतक सोनीको शव पोष्टमार्टमको लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप