शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कंगना रनौतको अफिस फुटाइयो, अभिनेत्रीले पुनः मुम्बईलाई भनिन् पाकिस्तान प्रशासित काश्मिर

बुधबार, २४ भदौ २०७७, १३ : २३
बुधबार, २४ भदौ २०७७

मुम्बई महानगरपालिकाको एक समूहले अभिनेत्री कंगना रनौतको बंगलाका केही हिस्सा फुटाउन सुरु गरेका छन् जसलाई उनीहरुले अवैध तरिकाले गरिएको परिवर्तन बताएका छन् ।

कंगना रनौतले पनि आफैले यो कारवाहीको तस्बिर ट्वीट गरेकी छिन् र मुम्बईको पुनः तुलना पाकिस्तान प्रशासित कश्मिरसँग गरेकी छिन् । यसअघि उनको यहि बयानले हंगामा मच्चाएको थियो ।

कंगना बुधबार नै हिमाचल प्रदेशबाट मुम्बई फर्किरहेकी छिन् । उनले बाटोबाटै ट्वीट गर्दै लेखिन्, ‘यस्तो समय जब म मुम्बई दर्शनका लागि एयरपोर्ट जाँदै छु, महाराष्ट्र सरकार र उनीहरुका गुण्डाले मेरो सम्पत्तिलाई अवैध तरिकाले तोड्न पुगेका छन् ।’

यसैबीच समाचार एजेन्सी एएनआईले कंगना रनौतका वकिलले बम्बई हाई कोर्टमा बीएमसीको कारवाहीविरुद्ध अपिल दर्ता गरेका छन् जसमा आज सुनुवाई हुनसक्छ ।

यसअघि सोमबार कंगना रनौत मुम्बईको पाली हिलस्थित कार्यालयमा बीएमसीको एक समूह पुगेको थियो, त्यसपछि कंगनाले उनको कार्यालय तोड्न सकिने दाबी गरेकी थिइन् ।

तर मंगलबार कंगनाले भनिन्, ‘बीएमसीहरु आज आएनन्, नोटिस लगाएर पानी चुहिएको ठिक बनाउ भन्दै फिर्ता भए ।’

कंगनाले मंगलबार पुनः ट्वीट गरिन्, ‘सोसल मिडियामा मेरा साथीहरुले बीएमसीको जुन आलोचना गरेका थिए त्यसका कारण उनीहरु आज बुलडोजर लिएर आएनन् । यसको साटो उनीहरुले मेरो अफिसमा भइरहेको पानी चुहिने समस्यालाई ठिक गर्न भन्दै नोटिस टाँसेर गए ।’


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप