शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

किटानी जाहेरी दर्ता हुँदा चक्रिय ब्याज कारोबारी शिवजी यादव फरार

सोमबार, २२ भदौ २०७७, २० : ५७
सोमबार, २२ भदौ २०७७

सिरहा । चर्को ब्याजमा मुसहर समुदायलाई रकम दिई तमुसुक बनाएर जथाभावी रकम असुल्ने शिवजी यादवलाई प्रहरीले खोजी गरी रहेको छ । सिरहा औरही गाउँपालिका– ५ औरहीका शिवजी यादवविरुद्ध जिल्ला प्रहरी सिरहामा किटानी जाहेरी दर्ता नलिँदा रातोपाटीले शनिवार समाचार प्रकाशन गरेको थियो । समाचार प्रकाशन भएको भोलीपल्टै प्रहरीले सो जाहेरी दर्ता गरेको थियो ।

जोहेरी दर्ता भएको थाह पाउने वित्तिकै चक्रिय व्याज कारोबारी शिवजी यादव फरार भएका हुन् । शिवजी यादवसहित उनका साला भागवत यादव र मामाका छोरा रामबाबु यादवविरुद्ध औरही– ४ इँटाटार गाउँका महेश सदा, ५३ वर्षीया फुलोदेवी सदा, ४७ वर्षीय रामचन्द्र सदा र ४५ वर्षीय भरोसी सदाले १६ भदौमा छुट्टाछुट्टै कुटपिट, बेपत्ता अंगभग र ठगीको जिल्ला प्रहरी कार्यालय सिराहामा किटानी जाहेरी दिएका थिए ।

प्रहरीले प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवको दवावमा सो जाहेरी दर्ता गरिरहेको थिएन । जब रातोपाटीले चक्रीय ब्याजको कारोबार गरेर ठगी धन्दा चलाउनेलाई मन्त्रीको संरक्षण भनि समाचार प्रकाशन गरेपछि प्रहरीले जाहेर दर्ता गर्यो । प्रहरीले जाहेरी दर्ता गरेपछि शिवजी यादव मन्त्री यादवको निवास औरही गाउँपालिकाको खजनपुर पुगेका थिए । 

वतावरण सहज नभएसम्म लुकेर बस्न सुझाव दिएपछि शिवजी यादव फरार भएका हुन् । मन्त्री यादवले नै शिवजी यादवलाई भाग्नमा सहयोग गरेको पीडितहरुको आरोप छ ।

कानुनले गरेको व्यवस्थाअनुरूप प्रहरीले किटानी जाहेरी दर्ता गरेको र शिवजी यादवलाई पक्राउ गर्न अदालतबाट अनुमति समेत लिइसकेको जिल्ला प्रहरी सिरहाका निम्मित सुचनाअधिकारी रोहित फुयाँलले जानकारी दिए छ । उनले शिवजी यादवलगायतलाई आन्तरिक रुपमा खोजी गर्ने कार्य तीब्र पारिएको र फेला पर्ने वित्तिकै गिरफ्तार गर्ने उनले बताए । 

शिवजी यादव पक्राउ पर्ने डरले भारतमा लुकेर बसेको पीडितहरुले दावी गरेका छन् । उनको घर भारत सीमा नजिक रहकै कारणले उनी भारतमा गएर बसेका उनीहरु बताउँछन् । शिवजीले मुसहर समुदायका युवालाई कामका लागि भारत लैजाने, थोरै तलब दिने र घर खर्चका लागि दिएको रकमको कपाली तमसुक बनाएर चर्को चक्रिय ब्याज लिएर ठग्ने गरेको आरोप छ ।

यता, शिवजी यादवलाई संरक्षण गर्दा पार्टीको छवी बिग्रिने भन्दै जनता समाजवादी पार्टीकै अधिकाँश नेताहरुले भन्दै आएका छन् । जसपा नेपालका अधिकाँश स्थानीय नेताहरुले शिवजी यादव दोषी हुन् उनलाई पार्टीले समेत कारवाही गर्नुपर्ने भन्दै आइरहेका छन् तर जसपा नेपालका कार्यकारिणी समितिका सदस्य समेत रहेका मन्त्री यादवले नै उनलाई संरक्षण दिन थालपछि स्थानीय नेताहरु आश्चर्यमा परेका छन् । 

जसपा नेपालका औरही गाउँपालिका अध्यक्ष समेत रहेका यादवले भारतको पञ्जाबमा नेपाली विपन्न समुदायका युवालाई श्रमका लागि लैजाने काम गर्दछन् । पीडितका अनुसार दैनिक ज्यालादारी काम गरेर परिवारको जीविकोपार्जन गर्दै आएका युवालाई पञ्जाब लैजानुअघि त्यस्ता युवाको परिवारका लागि घरखर्चको जोहो गरिदिने क्रममा उनले ऋण लगानी गर्दछन् । 

त्यति मात्र होइन, समयमा ऋण चुक्ता नगर्नेलाई कुटपिट गरी घाइते समेत बनाएका छन् । फुलोदेवीले २० वर्षीय आफ्ना छोरा रामभजनलाई पञ्जाब पु¥याएर शिवजी यादवले बेपत्ता पारेको आरोप लगाएकी छिन् । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रामभरोसी यादव
रामभरोसी यादव

रामभरोसी यादव रातोपाटीका सिरहा संवाददाता हुन् ।

लेखकबाट थप