निजी ल्याबको परीक्षण समेट्न कोरोना बीमा मापदण्ड संशोधन गरिने
काठमाडौं । बीमा समितिले अर्को निर्णय नभएसम्मका लागि स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायबाट मात्रै कोरोना परीक्षण गर्न भनेको छ । आइतबार प्रेस विज्ञप्ति जारी गर्दै समितिले कोरोना बीमा मापदण्डमा निजी ल्याबको परीक्षणले मान्यता नपाएसम्म सरकारी ल्याबबाट मात्रै कोरोना परीक्षण गर्न भनेको हो । समितिले त्यस्ता ल्याबको परीक्षण समावेश गर्ने सम्बन्धमा एउटा सुझाब समिति समेत बनाएको छ ।
बीमा समितिका कार्यकारी निर्देशकको नेतृत्वमा गठित समितिमा अर्थ मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधि रहने व्यवस्था गरिएको छ । सो समितिले सरोकारवाला पक्षसँग छलफल गरी दिएको सुझावका आधारमा त्यस्तो मापदण्ड परिमार्जन हुने जनाइएको छ । तर, मापदण्ड परिमार्जन नभएसम्मका लागि भने स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायको परीक्षण रिपोर्टलाई मात्रै मान्यता दिने समितिको अडान छ ।
हालसम्म मागदाबी भएका बीमालेखको सम्बन्धमा समितिले बीमा कम्पनीहरुलाई नयाँ निर्देशन दिएको छ । समितिले सरकारी ल्याबमा परीक्षण भएको दाबीलाई एक साताभित्र भुक्तानी दिन र निजी ल्याबको रिपोर्टका आधारमा मागदाबी गर्नेलाई तत्काल भुक्तानी नदिन भनेको छ । त्यस्तो मागदाबीउपर समिति, अर्थ मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधि रहेको अनुदान व्यवस्थापन समितिले दिएको सुझावका आधारमा भुक्तानी गरिने समितिले जनाएको छ ।
बिहीबार बीमा समितिले स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायको कोरोना परीक्षणलाई मात्रै मान्यता दिन बीमा कम्पनीहरुलाई परिपत्र गरेपछि समितिको आलोचना भएको थियो । सोही कारण समितिले आइतबार बैठक बसेर त्यस्तो निर्णय गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
-
कोबोली फ्रेन्च ओपनको फाइनलमा, आर्नाल्डी बाहिरिए
-
मलाई न्याय र राजनीतिमा मात्र सीमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँ: सुशीला कार्की
-
काठमाडौँमा कलिङ्गा साहित्य महोत्सव सुरु (तस्बिरहरु)
-
मिथिला खानपानमा आँपको अचार
-
'मानव अधिकार आयोग प्रधानमन्त्रीसँग डराएको छैन'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
