निजी ल्याबको परीक्षण समेट्न कोरोना बीमा मापदण्ड संशोधन गरिने

काठमाडौं । बीमा समितिले अर्को निर्णय नभएसम्मका लागि स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायबाट मात्रै कोरोना परीक्षण गर्न भनेको छ । आइतबार प्रेस विज्ञप्ति जारी गर्दै समितिले कोरोना बीमा मापदण्डमा निजी ल्याबको परीक्षणले मान्यता नपाएसम्म सरकारी ल्याबबाट मात्रै कोरोना परीक्षण गर्न भनेको हो । समितिले त्यस्ता ल्याबको परीक्षण समावेश गर्ने सम्बन्धमा एउटा सुझाब समिति समेत बनाएको छ ।
बीमा समितिका कार्यकारी निर्देशकको नेतृत्वमा गठित समितिमा अर्थ मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधि रहने व्यवस्था गरिएको छ । सो समितिले सरोकारवाला पक्षसँग छलफल गरी दिएको सुझावका आधारमा त्यस्तो मापदण्ड परिमार्जन हुने जनाइएको छ । तर, मापदण्ड परिमार्जन नभएसम्मका लागि भने स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायको परीक्षण रिपोर्टलाई मात्रै मान्यता दिने समितिको अडान छ ।
हालसम्म मागदाबी भएका बीमालेखको सम्बन्धमा समितिले बीमा कम्पनीहरुलाई नयाँ निर्देशन दिएको छ । समितिले सरकारी ल्याबमा परीक्षण भएको दाबीलाई एक साताभित्र भुक्तानी दिन र निजी ल्याबको रिपोर्टका आधारमा मागदाबी गर्नेलाई तत्काल भुक्तानी नदिन भनेको छ । त्यस्तो मागदाबीउपर समिति, अर्थ मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधि रहेको अनुदान व्यवस्थापन समितिले दिएको सुझावका आधारमा भुक्तानी गरिने समितिले जनाएको छ ।
बिहीबार बीमा समितिले स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायको कोरोना परीक्षणलाई मात्रै मान्यता दिन बीमा कम्पनीहरुलाई परिपत्र गरेपछि समितिको आलोचना भएको थियो । सोही कारण समितिले आइतबार बैठक बसेर त्यस्तो निर्णय गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सञ्चारमन्त्रीको चेतावनी मेटाले टेरेन
-
डा.अमरेश सिंहले मागे कानुन मन्त्रीको कल डिटेल्स, सुशीलाले जनाइन् नियमापत्ति
-
सार्वजनिक ऋणको हिस्सा जीडीपीको ४३ दशमलव ४७ प्रतिशत पुग्यो
-
सरकारलाई अल्टिमेटमसहित खुले सुनचाँदी पसल, तस्बिरहरू
-
बिग बास लिगमा कुनै पनि नेपाली खेलाडीको बोली लागेन
-
ज्योति भण्डारीविरुद्ध नागरिकता र पासपोर्ट किर्ते कसुरमा पनि अनुसन्धान