१५ दिन कर्फ्यू लगाउन उपत्यका नगरपालिका फोरमको माग
![१५ दिन कर्फ्यू लगाउन उपत्यका नगरपालिका फोरमको माग](https://rpcdn.ratopati.com/media/albums/forum_meyar_IdGJdIeIpT.jpg)
काठमाडौं । उपत्यका नगरपालिका मेयर फोरमले १५ दिन कर्फ्यू आदेश जारी गरी निषेधाज्ञालाई थप कडा बनाउनु पर्ने माग गरेको छ । मेयर फोरमका सचिव एवं मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले फोरमको भर्चुअल बैठकले उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयलाई कर्फ्यू आदेश जारी गर्न सुझाव दिएको बताए ।
श्रेष्ठले केही दिन अत्यावश्यक सामग्री किनमेलका लागि सहज बनाइ थप १५ दिन कर्फ्यू आदेश जारी गरे मात्रै कोभिड १९ संक्रमणलाई नियन्त्रणमा लिन सकिने बताए । उनले १५ दिन सम्म भएको निषेधाज्ञाको अवस्थामा संक्रमण फैलिन नपाएको र अझैपनि मानिसहरु बाहिर निस्कने काम भइराखेकाले यसलाई रोकेर संक्रमणलाई पूर्ण रुपमा नियन्त्रणमा लिन कफ्र्यु नै उत्तम विकल्प भएको बताए ।
कोभिड १९ संक्रमण समुदाय स्तरमा फैलिइसकेको अवस्थामा मानिसहरुको आवागमनलाई पूर्ण रुपमा निषेध नगरीकन नियन्त्रणमा लिन कठिन हुने पनि उनले बताए । कडा खालको निषेधाज्ञाबाट विपन्न वर्गहरुमा समस्या पर्ने तर्फ उपत्यका नगरपालिका मेयर फोरम सचेत रहेको पनि उनले बताए । त्यसका लागि आपूु बसेको वडा कार्यालयमा सम्पर्क गरे सहजै राहत उपलब्ध हुने पनि श्रेष्ठले बताए ।
उपत्यकामा भदौ तीन गते मध्यरात देखि निषेधाज्ञा जारी भएको थियो । जसको समय आज (बुधबार) मध्यरात देखि सकिदै छ । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले निषेधाज्ञालाई यथावत राख्ने वा स्वरुप परिवर्तन गर्ने भन्ने सम्बन्धमा आज निर्णय गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
कोशीमा आमसञ्चार विधेयक बहस : सत्तारुढ सांसद नै संशोधनको पक्षमा
-
बचत फिर्ता नगरेको भन्दै बागमतीका ८ सहकारीको फाइल सीआईबीमा
-
बजारमा ग्यास अभाव : के भन्छन् व्यवसायी ?
-
मन्त्री अधिकारीले नियुक्त गरे भूमि आयोगको जिल्ला समितिमा थप ३९ जना सदस्य (सूचीसहित)
-
भूमि आयोगको जिल्ला समितिमा थप ३९ जना सदस्य नियुक्त, कहाँ को ? (सूचीसहित)
-
समयमै न्याय पाउन निकै गाह्रो छ : प्रमुख साह