उपत्यकामा निषेधाज्ञाको १४ दिन पुग्यो, फेरि थपिएला ?
काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाको बुधबार १४ दिन पुगेको छ । कोरोना संक्रमणको न्यूनीकरणका लागि काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले भदौ ३ गते यता निषेधाज्ञा जारी गरेका छन् ।
निषेधाज्ञाको बुधबार अन्तिम दिन समेत रहेको छ । निषेधाज्ञाको कारण जनजीवन प्रभावित भएपनि मानिसहरुले पूर्णरुपमा पालना गरेका छन् । आज उपत्यकाका विभिन्न स्थानमा पुग्दा लकडाउनको पालना भएको पाइएको छ । मुख्य सडकमा अत्यावश्यक सेवाका सवारी सधन, सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी, स्वस्थ्यकर्मी, सञ्चारकर्मी, सुरक्षाकर्मी लगायतका सवारी साधन सञ्चालनमा आएको देखिन्छ ।
प्रहरीले सडकको मुख्य चोकचोकमा बसेर सवारी साधनको चेकजाँच गरेको छ । अत्यावस्यक सेवा बाहेक पनि सवारी सञ्चालन गर्नेहरुलाई सडकमा होल्ड गरी कारबाही गरेको देखिन्छ ।
उपत्यकाका भित्रि सडकहरु पनि सुनसान देखिन्छन् । बिहानको समयमा खाद्य सामग्री, दुग्धजन्य वस्तु, तरकारी, फलफुल लागयतका पसलहरु खुलेको देख्न सकिन्छ । मानिसहरु आफ्नो घर नजिकको पसल सम्म पुगेर किनमेल गर्ने गरेका छन् । समग्रमा जनजीवन प्रभावित भएपनि मानिसहरुले निषेधाज्ञालाई पूर्णरुपमा पालना गरेको देखिएको छ ।
काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले जारी निषेधाज्ञालाई निरन्तरता दिने वा स्वरुप परिवर्तन गर्ने भन्ने सम्बन्धमा आज निर्णय गर्दैछन् । उपत्यका भित्रका नगरपालिकाहरुले भने निषेधाज्ञालाई थप कडाई पार्नुपर्ने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघरमा आन्दोलनरत स्वर्गद्वारी गुठी पीडित किसानलाई सरकारद्वारा वार्ताको लागि आह्वान
-
१२ बजे, १२ समाचार : पूर्व राष्ट्रपति भण्डारीलाई बाटो खुल्योदेखि बागमतीका ८ सहकारीको छानविनमा सीआईबीलाई निम्तोसम्म
-
रुकुम पूर्वमा तीन जनाको शव फेला
-
१० बजे १० समाचार : विद्यालाई बाटो खुला, बलात्कार आरोपीलाई उन्मुक्ति
-
ढल्कुबाट लागुऔषध एम्फेटामाइन आइससहित दुईजना पक्राउ
-
सामाजिक सञ्जालसम्बन्धी विधेयक जसरी पनि संसदबाट पास गर्छौं : सञ्चारमन्त्री