उपत्यकामा निषेधाज्ञाको १४ दिन पुग्यो, फेरि थपिएला ?
काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाको बुधबार १४ दिन पुगेको छ । कोरोना संक्रमणको न्यूनीकरणका लागि काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले भदौ ३ गते यता निषेधाज्ञा जारी गरेका छन् ।
निषेधाज्ञाको बुधबार अन्तिम दिन समेत रहेको छ । निषेधाज्ञाको कारण जनजीवन प्रभावित भएपनि मानिसहरुले पूर्णरुपमा पालना गरेका छन् । आज उपत्यकाका विभिन्न स्थानमा पुग्दा लकडाउनको पालना भएको पाइएको छ । मुख्य सडकमा अत्यावश्यक सेवाका सवारी सधन, सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी, स्वस्थ्यकर्मी, सञ्चारकर्मी, सुरक्षाकर्मी लगायतका सवारी साधन सञ्चालनमा आएको देखिन्छ ।
प्रहरीले सडकको मुख्य चोकचोकमा बसेर सवारी साधनको चेकजाँच गरेको छ । अत्यावस्यक सेवा बाहेक पनि सवारी सञ्चालन गर्नेहरुलाई सडकमा होल्ड गरी कारबाही गरेको देखिन्छ ।
उपत्यकाका भित्रि सडकहरु पनि सुनसान देखिन्छन् । बिहानको समयमा खाद्य सामग्री, दुग्धजन्य वस्तु, तरकारी, फलफुल लागयतका पसलहरु खुलेको देख्न सकिन्छ । मानिसहरु आफ्नो घर नजिकको पसल सम्म पुगेर किनमेल गर्ने गरेका छन् । समग्रमा जनजीवन प्रभावित भएपनि मानिसहरुले निषेधाज्ञालाई पूर्णरुपमा पालना गरेको देखिएको छ ।
काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले जारी निषेधाज्ञालाई निरन्तरता दिने वा स्वरुप परिवर्तन गर्ने भन्ने सम्बन्धमा आज निर्णय गर्दैछन् । उपत्यका भित्रका नगरपालिकाहरुले भने निषेधाज्ञालाई थप कडाई पार्नुपर्ने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
-
विश्वकप इतिहासमै पहिलो पटक विजेता टोलीलाई ‘च्याम्पियन औँठी’, फाइनल हेर्न डोनाल्ड ट्रम्प आउने
-
महाकाली नदीमा फसेका युवकको उद्धार
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो
-
स्वदेशी जुत्ता उद्योगलाई प्रधानमन्त्रीको ढाडस : सहुलियत दिने र अवैध आयात रोक्ने प्रतिबद्धता
-
प्रदर्शनको सुरुवातमा ‘गौँथली’लाई कस्तो रह्यो दर्शकको साथ र प्रतिक्रिया ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण